जलेश्वरस्थित कारागारमा शुक्रबार बिहान एक कैदीको मृत्यु
न्यूज ब्यूरो, महोत्तरी | महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा शुक्रबार बिहान एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भ

२०७९ असार १० शुक्रबार, दिउँसो १२:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी | महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा शुक्रबार बिहान एक कैदीको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए।
उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…