Power News: सेवाग्राहीलाई 'माचि...ने' भनी गाली गर्ने अस्पताल कर्मचारीको नोकरी चट्ट !
कार्यालय समयमा निलम्बित कर्मचारी महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेका थिए ।

२०७९ असार १० शुक्रबार, बिहान ७:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लाको लहानस्थित रहेको प्रादेशिक अस्पतालका विवादित कर्मचारीको जागिर चट्ट भएको छ ।
बुधबार लहान अस्पतालका एक कर्मचारीले विरामी जँचाउन अस्पताल पुगेका एक सेवाग्राहीमाथि गरेको अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका अस्पतालका नायब सुब्बा बासुदेव महतोको नोकरी खोसिएको छ ।
सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा “माचि...ने” भन्दै अश्लील गाली गर्ने प्रादेशिक अस्पताल लाहानका नायब सुब्बा महतोलाई विहिबार नै जागिरबाट निकालेको हो ।
सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना।सु महतोलाई गुनासो गर्न जादा सामान्य भनाभन पछि चर्काचर्की भएको थियो, सो क्रममा सेवाग्राहीसँग असभ्य व्यवहार गरेका नासु महतोलाई नोकरीबाट नै निलम्बन गरिएको छ ।
कार्यालय समयमा निलम्बित कर्मचारी महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेका थिए । अस्पताल प्रशासनको चर्को विरोध पछि ईलाका प्रहरी कार्यालय लहानले महतोलाई गिरफ्तार गरेको थियो ।
कर्मचारी महतोले सेवाग्राहीलाई अपशब्द भनिने “मा....क्ने” शब्दको गाली गरेपछि सेवाग्राहीले उनको भिडियो बनाएर न्यूज ब्यूरोलाई दिएको थियो । सोही भिडियो सोही भिडियो न्यूज ब्यूरोमा प्रसारण भएपछि समाजिक सँजालमा भाईरल बनेको थियो ।
एक सरकारी कार्यालय मात्र नभएर प्रादेशिक अस्पताल जस्तो संवेदनशिल क्षेत्रको कार्यालयभित्र कर्मचारीले सेवाग्राहीमाथि यस्तो व्यवहार गरेपछि चौतर्फी आलोचना सहित कारवाहीको माग समेत गरिएको थियो ।

विहिबार ईलाका प्रहरी कार्यालय लहानमा दुवै पक्षबीच छलफल भएको थियो । छलफलको क्रममा अस्पताल जस्तो संवेदनशिल क्षेत्रका कर्मचारीको हर्कतले अस्पताल प्रशासन माफी माग्दै महतोलाई नोकरीबाट निलम्बन गरिएको कार्यालय प्रमुख डा. विरेन्द्र कुमार महतोद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अस्पताल प्रशासनले यस्तो हर्कतको कारण अस्पतालको वातावरण समेत बिग्रिएको स्वीकार गर्दै यसलाई पुनः राम्रो बनाउन सबै पक्षसँग आग्रह समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…