सिरहाको सबै सीमानाकामा सशस्त्र प्रहरीले थप निगरानी थाल्योः एसपी थापा
उनले रातराती बोर्डरमा थप प्रहरी परिचालन गरी कडा निगरानी थालिएको बताए ।

२०७९ असार ९ बिहीबार, राति ८:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लाको विभिन्न नाकामा सशस्त्र प्रहरीले थप निगरानी थालेको बताइएको छ ।
सशस्त्र प्रहरीका एसपी रमेश थापाले सिरहाजिल्लासँग भएको सबै नाकाहरुमा थप प्रहरी परिचालन गरी निगरानी बढाएको बताएका छन् ।
एक साताको अन्तरालमा अपेक्षाकृत रुपमा तस्करीका समानहरु बरामद गर्न सफल भएको भन्दै एसपी थापाले नाकामा चोरबाटोबाट तस्करी भईरहेको सूचना पाएपछि थप निगरानी बढाएको बताए ।
छिमेकी मुलुक भारतसँग रहेको सिरहाको माडर, बरियारपट्टि, नवराजपुर, ठाडी नाकाहरुमा कडा निगरानी थालेको दाबी गरेका छन् ।
खुल्ला सीमाको कारण सवारी आवतजावत गर्ने नाका बाटोबाट तस्करी नियन्त्रण भएको जनाउँदै खेतबाटो, चोरबाटो भएर केही मात्राको समानहरु तस्करी भईरहेको स्वीकार गर्दै उनले अब सो स्थानहरुमा पनि निगरानी थालेको बताए ।
उनले सीमानाकामा नाईटभिजन सिसिटिभी क्यामेरा जडान गरिए सहज हुने बताउँदै अहिले जनशक्ति समेत न्यून भएको कारण चाहेर पनि अपेक्षाकृत रुपमा निगरानी गर्न कठिनाई भएको बताए ।
उनले रातराती बोर्डरमा थप प्रहरी परिचालन गरी कडा निगरानी थालिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…