जनकपुरः एक युवकलाई चाक्कु हानेर ज्यान मार्ने प्रयास
घटना थाह पाए लगतै हामी प्रहरी टोलि पठाएर आवश्यक कार्यवाही लागि प्रहरी खटिएको छ । अपराधीलाई पक्राउ गरि कारवाई गर्ने प्रतिवद्धता ईलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरक्षक बेचन यादवले जनाए ।

२०७९ असार ८ बुधबार, राति ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकलाई अज्ञात समूहद्वारा एक युवकलाई ज्यान मार्ने प्रयास गरिएको छ ।
मिथिला बिहारी नगरपालिका तारापट्टि बाट घर फर्किने क्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नं १० हारसर स्थित ५÷७ जनाको समुहमा महेन्द्रनगर बस्ने वर्ष ३२ का बसन्त यादवलाई ज्यान मार्ने प्रयास भएको हो ।
उनलाई डाइगर ,सकर,चक्कु लगायतका हातहतियारले घाँटीमा छुरा हान्न खोज्दा प्रतिकार गरि स्थानीय बासिन्दा खेतमा काम गर्ने महिलाहरुको सहयोगले ज्यान बचाउन सफल भए संगै मोबाईल फोन,पोकेटमा भएका पैसा सबै लुटपाट भएको घाईते यादवले बताए ।

“कसैलाई कुनै किसिमको दुख दिएको छैन । कसै संग कुनै झगडा लफडा नरहेको हुँदा हुँदै पनि स्थानीय तह निर्वाचन लगायत विभिन्न समयमा कसै संग बिबादास्पद वातावरण नहुदा पनि ज्यान मार्ने प्रयास गर्नु अच्चम लागेको घाईतेले बताए ।
उचित न्याय अपराधीलाई पक्राउ गरि न्याय दिलाउन प्रहरी संग गुहारे । घटना दिउँसो १२ः४५ बजेको समयमा भएको छ।
घटना थाह पाए लगतै हामी प्रहरी टोलि पठाएर आवश्यक कार्यवाही लागि प्रहरी खटिएको छ । अपराधीलाई पक्राउ गरि कारवाई गर्ने प्रतिवद्धता ईलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरक्षक बेचन यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…