सर्लाहीमा युवकको हत्या गरी खेतमा फालियो शव
न्यूज ब्यूरो, मलङ्वा। मधेश प्रदेशको सर्लाही जील्ला स्थित कविलासी नगरपालिकामा वडा नं ८ मा एक युवकको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला परेको छ। हत्या गरिएका युवक सोही स्थानका राम केवल ठाकुरका अन्दाजी २३ वर्षीय छोरा अमरेन्द्र ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मलङ्वा सर्लाहीले जनाएको छ। हत्या गर

२०७९ असार ७ मंगलबार, बिहान १०:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, मलङ्वा। मधेश प्रदेशको सर्लाही जील्ला स्थित कविलासी नगरपालिकामा वडा नं ८ मा एक युवकको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला परेको छ। हत्या गरिएका युवक सोही स्थानका राम केवल ठाकुरका अन्दाजी २३ वर्षीय छोरा अमरेन्द्र ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मलङ्वा सर्लाहीले जनाएको छ।
हत्या गरी अगर्वा बजारभन्दा पश्चिम सडकको किनारमा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको बुढाथोकीले बताए। अहिले कुकुरसहित विशेष टोली बोलाएर अनुसन्धान भइरहेको छ। थप अनुसन्धान पछि मात्र अन्य कुरा भन्न सकिने उनले उल्लेख गरे।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…