सिरहाः आफ्नै भाईले कोदालो प्रहार गरी काटिदिए दाई र भाउजुको खुट्टा !
शिव कुमार र उनकी श्रीमतिलाई बायाँ खुट्टामा कोदालो प्रहार गरिएको स्थानीयहरुले बताएका छन् । उनीहरुमाथि कोदालो प्रहार गरी ओपेन्द्रको सपरिवार घरमा ताल्चा हानेर भागिसकेका छन् भने उनीहरुलाई प्रहरीले खोज्ने क्रम जारी राखेको छ ।

२०७९ असार ४ शनिबार, राति ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित दियादी भाईले आफ्नै दाई र भाउजुमाथि कोदालो प्रहार गरी खुट्टा काटिदिएको घटना बाहिरिएको छ ।
गत बुधबार दिउँसो खेतमा गएको बेला सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ३ ईटारी पर्साही बस्ने अन्दाजी बर्ष ४५ का शिव कुमार यादव र उनकी श्रीमति फुलो देवी यादवलाई नातामा भाई पर्ने उपेन्द्र यादवको छोरा बर्ष ३५ को राकेश यादव, बर्ष २१ को दिपेश यादव र ओपेन्द्र यावदकी श्रीमति बर्ष ५५ की रिता देवी यादव, भाईकी श्रीमति अरहुलिया देवी यादव गरी चार जना मिलेर कुटपिट गरी कोदालो प्रहार गरी गम्भिर घाईते बनाएको हो ।
पुरानो रिसवीलाई लिएर राकेश यादव र दिपेश यादव विगत केही दिनदेखि उनलाई लक्षित गर्दै आएको थियो । विदेश बस्दै आएका राकेश केही दिन अघि मात्र विदेशबाट आएका थिए । बुधबार शिव कुमार र उनकी श्रीमति फूलो एक्लै परेपछि खेतमै घेराउ गरी कोदालोले खुट्टा काटिदिएको स्थानीयहरुले बताएका छन् ।
केही दिन अगाडी दुई परिवारबीच भएको समान्य झगडाको निहुँमा बिदेशबाट आएका राकेशले घरेलु हतियारसहित शिव कुमारलाई खोज्दै आएका थिए । उनी एक्लै भएपछि ज्यान मार्ने प्रयास गर्दै आएका थिए तर, खेतीको समयमा खेतमा मान्छेहरु भएपनि उनले दाउ लगाउन सकेको थिएनन् ।
बुधबार दिउँसो दुवै श्रीमान श्रीमति खेत जाँदा मौका छोपेर स परिवार मिली बेहोस पारेर कोदालो तथा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाईदिएको हो । उनीहरुको उपचार अहिले विराटनगरस्थित न्यूरो हस्पिटलमा भईरहेको छ ।
शिव कुमार र उनकी श्रीमतिलाई बायाँ खुट्टामा कोदालो प्रहार गरिएको स्थानीयहरुले बताएका छन् । उनीहरुमाथि कोदालो प्रहार गरी ओपेन्द्रको सपरिवार घरमा ताल्चा हानेर भागिसकेका छन् भने उनीहरुलाई प्रहरीले खोज्ने क्रम जारी राखेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…