त्रिवि शिक्षण अस्पतालले रोक्यो स्वास्थ्य बिमा कार्यक्रम
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ। शुक्रबार अस्पतालले सूचना जारी गर्दै सरकारले बिमा सेवा दिए बापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो। बीमितको सेवा बापत स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्

२०७९ असार ४ शनिबार, बिहान ५:३० बजे१ मिनेट पढाइ

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ। शुक्रबार अस्पतालले सूचना जारी गर्दै सरकारले बिमा सेवा दिए बापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो।
बीमितको सेवा बापत स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्रम नै स्थगित गर्न परेको अस्पतालले जनाएको हो। अस्पतालका कार्यकारी निर्देशक प्रा। डा. दिनेश काफ्लेका अनुसार १५ असारदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुनेछ।
यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’, सूचनामा भनिएको छ।
अस्पतालले २०७७ साल मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…