धनौजी गाउँपालिकाको अधिकृत चौधरीको करार कनेक्शन
यस्तै, गाउँपालिकाको स्वास्थ्य शाखामा सँयोजक र उपसँयोजकको दुई दरबन्दी मात्र भएपनि उनले तीन कर्मचारीलाई राखेका छन् । योग्यता अन्य कर्मचारीकै भएपनि अयोग्य कर्मचारीलाई कमिशनकै चक्करमा कानुन विपरित नियुक्त गरेका छन् । उनले स्वास्थ्य शाखामा तीन कर्मचारी राखेका छन् जो कानुन विपरित हुन् । शाखामा दुई कर्मचारीको मात्र दरबन्दी रहेको छ ।

२०७९ असार ३ शुक्रबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर विवाद र अनिर्णयको बन्दी बनेको धनुषाको धनौजी गाउँपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत सावन चौधरीले स्थायी भन्दा पनि करार कर्मचारीलाई मान्यता दिएपछि गाउँपालिका अनिर्णयको बन्दी बनेको छ ।
धनौजी गाउँपालिकामा अधिकृतको रुपमा सावन चौधरी आएदेखि त्यहाँ सरुवा भई आएको स्थायी कर्मचारीहरुलाई बायकट्ट गरी करारका कर्मचारीहरुद्धारा काम काज गराउन थालेपछि कर्मचारीहरु समेत असन्तुष्ट भएका छन् ।
प्राविधिक शाखाका स्थायी कर्मचारी रहँदा रहँदै उनलाई बायकट्ट गरी करारमा भर्ना गरेका कर्मचारीलाई मात्र मान्यता दिँदै काम गराइरहेका छन् ।
अधिकृत चौधरीले स्थायी कर्मचारी हुँदाहुँदै करारमा भर्ना भएका कर्मचारीहरुलाई आफूखुसी परिचालन गरी कमिशन असुल्ने कार्य गरेको आरोप एक स्थानीयले नाम नखोल्ने शर्तमा लगाए ।
प्राविधिक शाखामा स्थायी ईन्जिनीयर भएपनि अधिकृत चौधरीले नै कमिशन लिन सजिलो होस भन्ने उदेश्यले आफ्नो विश्वास पात्रलाई करारमा नियुक्त भएका कर्मचारीहरुसँग कामकाज गराउँदै आएको छ ।
धनौजी गाउँपालिका भित्र हुने विभिन्न भौतिक पूर्वाधार निर्माणको कार्यमा मापदण्ड विपरित, कमजोर निर्माण भएपनि कमिशनको चक्करमा बिना अनुगमनकै भुक्तानी गर्ने गरेको आरोप छ । अनुगमना नगई कार्यालयमै बसेर अनुमन फारामको कागजात बनाएर भुक्तानी गर्ने गरेको छ । अधिकत प्रतिशत कमिशनको सहमति गरी बिना अनुगमनकै भुक्तानी गर्ने गरिएको छ ।
यस्तै, गाउँपालिकाको स्वास्थ्य शाखामा सँयोजक र उपसँयोजकको दुई दरबन्दी मात्र भएपनि उनले तीन कर्मचारीलाई राखेका छन् । योग्यता अन्य कर्मचारीकै भएपनि अयोग्य कर्मचारीलाई कमिशनकै चक्करमा कानुन विपरित नियुक्त गरेका छन् । उनले स्वास्थ्य शाखामा तीन कर्मचारी राखेका छन् जो कानुन विपरित हुन् । शाखामा दुई कर्मचारीको मात्र दरबन्दी रहेको छ ।
यस सन्दर्भमा अधिकृत चौधरीसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क भने हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…