साालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ
न्यूज ब्यूरो, वीरगञ्ज । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका-२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्नको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनितादेवी र २२ वर्षीया रिंकु

२०७९ जेठ ३१ मंगलबार, बिहान ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका-२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्नको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनितादेवी र २२ वर्षीया रिंकु देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजेशको हत्याको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीहरुलाई ७ दिन हिरासतमा राख्न् पर्सा जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।
‘घटना किन घटाइयो ? कसको संलग्नता कति हो ? घटनाबारे थप अनुसन्धान गरिरहेका छौं’ उनले भने ।
जेठ २८ गते बिहान ११ ः १५ बजे जगरनाथपुर–६ स्थित नारा खोलाको खोल्सीमा घोप्टो परेको र घाँटीमा गम्छाले कसिएको अवस्थामा राजेशको शव फेला परेको थियो ।
राजेश जेठ २४ गते दिदीको घरमा गएका थिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा त्यसै घरको एक सदस्यसँग यौनजन्य क्रियाकलापमा संलग्न भएको पाइएपछि परिवारका सदस्यले राजेशमाथि कुटपिट गरेका थिए ।
उनको हत्यामा भिनाजु हिरामन, उनका भाइ रामबालकसहित परिवारका ५ जना सदस्य नै संलग्न भएको प्रहरीको अनुमान छ । मृतकको घाँटीमा बेरिएको गम्छा भिनाजु हिरामनकै भएको पुष्टी भइसकेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…