जनकपुरः आँप बटुल्न बगैँचा गएकी किशोरीको चटयाँग (ठन्का) लागेर मृत्यू, सिँगो टोल शोकमा
अति विपन्न परिवार रहेको जोगिन्द्रको घरमा कामकाज गर्ने छोरी मात्र थिईन् ।

२०७९ जेठ २९ आइतबार, दिउँसो ३:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्रभित्र चटयाँग लागेर एक किशोरीको मृत्यू भएको छ ।
आईतबार बिहान हावाहुरी र बर्षासँगै खसेको चट्याँग लागेर धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमा बस्ने एक किशोरीको मृत्यू भएको हो ।
कमला नगरपालिका वडा नम्बर ३ बस्ने भोगिन्द्र दास तत्माको अन्दाजी बर्ष १३ की छोरी रँजना कुमारी दास को आईतबार बिहान खेतमा चटयाँग लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हावाहुरी आएपछि आँप बटुल्न खेततर्फ साथीहरुसँगै गएकी रँजना पुनः जिवित फिर्ता आईनन् । आईतबार बिहान आएको हावाहुरी र बर्षापछि मेघ गर्जनसहित विभिन्न ठाउँमा चटयाँग परेको क्रममा रँजना पनि चटयाँगको शिकार भएर ज्यान गुमाएकी हुन् ।
उनकी कलिलो साथीहरु घर फिर्ता आएपनि रँजना भने धेरै बेरसम्म घर नफर्किदा उनको बुवा भोगिन्द्र र उनकी श्रीमति छोरी खोज्न खेततर्फ लागेका थिए । घरदेखि मात्र १५० मिटरको उत्तर तर्फ उनको मृत्यू भएको जनाइएको छ ।
अति विपन्न परिवार रहेको जोगिन्द्रको घरमा कामकाज गर्ने छोरी मात्र थिईन् । दिनभरी भोगिन्द्र र उनकी श्रीमति काम गरी छोरी पाल्दै आएका थिए । तर, चटयाँगले उनको छोरी खोसिदिएको छ ।

चटयाँग लागेर मृत्यू भएको खवर पाएलगत्तै वडा नं. ३ का नवनिर्वाचित वडाध्यक्ष राम भगत यादव (भक्ती) ले पीडित परिवारको घरमा पुगेर राहतको लागि आश्वासन दिएका छन् ।
उनले जिल्लाको विपद व्यवस्थापन समितिबाट उपलब्ध हुने राहत र नगरपालिकाको तर्फबाट समेत आफू सबै प्रक्रिया पूरा गर्ने भन्दै सान्तवाना दिए ।
यता, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरे नेतृत्वको मुचुल्का टोली घटनास्थल पुगेर मुचुल्का उठाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको हो ।
वडाध्यक्ष यादवले शव बोक्ने बाहनसहित अन्य प्रक्रियाहरु गर्न सहयोग गर्दै पोष्टमार्टमको लागि अस्पतालसम्म पुरयाउन स्थानीयहरुलाई सम्झाई बुझाई गरेका थिए ।
स्थानीयहरुले चटयाँग लागेर मृत्यू भएको जानकारी भएपनि पोष्टमार्टम गर्न नदिने अडान लिएपछि प्रहरी ईन्सपेक्टर र वडाध्यक्ष सहित अन्य जनाले प्रक्रियाको बारेमा सम्झाईबुझाई अस्पताल पठाएको हो ।
बर्षायाम र हावाहुरीको बेला चटयाँग (बिजुली खस्ने) सम्भावना अधिक रहेकोले बर्षायामको बेला घर बाहिर नजान आग्रह समेत वडाध्यक्षले गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…