जनकपुरः स्पीडमा आउँदै गरेको ट्रयाक्टर र बस जुध्यो, चालक अस्पताल भर्ना !
अहिले ट्रयाक्टर र यात्रुवाहक बस दुवै ईलाका प्रहरी कार्यालय यदुकूहाको नियन्त्रणमा रहेको छ भने चालकको खोजी तीव्र पारिएको छ ।

२०७९ जेठ २८ शनिबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरस्थित बस र ट्रयाक्टर एक आपसमा जुध्दा एक जना घाईते भएका छन् ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ४ हौवाहीस्थित यदुकूहा–बीरेन्द्रबजार सडकखण्डमा यात्रुवाहक बस र ट्रयाक्टर जुधेपछि दुर्घटना भएको हो ।
शनिबार दिउँसो करिब ५ बजेको समयमा बीरेन्द्रबजारबाट यदुकूहातर्फ आउँदै गरेको ना ८ ख २८१० यात्रुवाहक बस र यदूकूहाबाट सबैलातर्फ जाँदै गरेको प्रदेश २–०२–००१ त ८१२ नम्बरको ट्रयाक्टर जुधेको ईलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।
तीव्र गतिमा रहेको यात्रुवाहक बसले विपरित दिशाबाट जाँदै गरेको ट्रयाक्टरमा ठक्कर दिँदा ट्रयाकटर चालक घाईते भएका छन् ।
घाईते हुनेमा धनुषाका शहिदनगर नगरपालिका वडा नम्बर ९ गोठकोयलपुर बस्ने चउमन गोहिवार रहेको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) हरिविष्णु ढकालले जानकारी दिए ।
यात्रु बोकेर सो सडकखण्डमा तीव्र गतिमा चलाएको बसले अनियन्त्रित भएर ट्रयाक्टरलाई ठक्कर दिएको जनाइएको छ । दुर्घटना लगत्तै चालक फरार रहेको जनाइएको छ ।
यता, ट्रयाक्टर चालक गोहिवारलाई स्थानीय स्तरमा उपचारपछि थप उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
अहिले ट्रयाक्टर र यात्रुवाहक बस दुवै ईलाका प्रहरी कार्यालय यदुकूहाको नियन्त्रणमा रहेको छ भने चालकको खोजी तीव्र पारिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…