चोरी गरी भाग्दै गर्दा चारतल्ला घरबाट खसेर मरे यादव
४ तले होटलको कुन तलाबाट खसेर उनको मृत्यु भएको अहिले सम्म खुलेको छैन ।

२०७९ जेठ २८ शनिबार, बिहान ८:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । होटलमा चोरी गरी भाग्ने क्रममा एक जनाको युवकको ज्यान गएको छ ।
भैरहवामा शनिबार बिहानै एक युवकको शव फेला परेको छ । बसपार्क नजिकै होटल सि प्रिन्स तल युवकको शव फेला परेको हो ।
४ तले होटलको कुन तलाबाट खसेर उनको मृत्यु भएको अहिले सम्म खुलेको छैन ।
होटलमा युवक अन्य साथीहरुसंगै बसेको र चोरी गरेर भाग्ने क्रममा खसेपछि उनको मृत्यु भएको प्रहरीको अनुमान छ ।
मृतक २४ वर्षीय अमित यादव रहेका छन् । होटलबाट केही रकम समेत हराई रहेको छ । प्रहरी अहिले घटनास्थलमै रहेको छ । घटना विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…