आफ्नै छोरी बलात्कार आरोपमा एक जनप्रतिनीधि पक्राउ
जानकारी अनुसार आरोपित व्यक्ति अवकाश प्राप्त प्रहरी सहायक निरीक्षक (असई) पनि हुन् । उनले आफ्नी जेठी छोरीलाई १४ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख रहेको छ ।

२०७९ जेठ २७ शुक्रबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै छोरीलाई वर्षौंदेखि बलात्कार गरिरहेको आरोपमा बारा जिल्लाबाट एकजना नवनिर्वाचित जनप्रतिनिधि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ मा एमालेबाट निर्वाचित वडा सदस्य ४० वर्षीय पुरुष रहेका छन् । विगत ५ वर्षदेखि आफ्नै छोरीलाई बलत्कार गरिरहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार छोरीले दिएको किटानी जाहेरीको आधारमा बुधबार दिउँसो उनलाई पक्राउ गरिएको छ । बिहिबार बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएर उनीमाथि अनुसन्धान पनि सुरु गरिएको प्रहरीले जनाएको छ ।
जानकारी अनुसार आरोपित व्यक्ति अवकाश प्राप्त प्रहरी सहायक निरीक्षक (असई) पनि हुन् । उनले आफ्नी जेठी छोरीलाई १४ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…