जनकपुरबाट कक्षा १२ को परीक्षा हलबाट नक्कली परीक्षार्थी पक्राउ
सो परिक्षा केन्द्रमा कक्षा १२ को परिक्षा संचालन भई रहेकोमा सो परिक्षामा नक्कली परिक्षार्थी परिक्षा दिईरहेको भन्ने गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट अनुगमनमा खटिएको प्रहरी टोलीले परिक्षा हलभित्र अनुगमन गर्दै जाँदा पक्राउ परेको हो ।

२०७९ जेठ २६ बिहीबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट कक्षा १२ को परीक्षामा अरुको सिटमा परीक्षा दिएको आरोपमा थप एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
गत मँगलबार विहान ९ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहियास्थित रहेको गोगल माविको परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सो परिक्षा केन्द्रमा कक्षा १२ को परिक्षा संचालन भई रहेकोमा सो परिक्षामा नक्कली परिक्षार्थी परिक्षा दिईरहेको भन्ने गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट अनुगमनमा खटिएको प्रहरी टोलीले परिक्षा हलभित्र अनुगमन गर्दै जाँदा पक्राउ परेको हो ।
प्रवेश पत्रमा फोटो नरहेको र सिकिन्दर साफी नाम गरेको विद्यार्थीको सट्टामा जिल्ला धनुषा मिथिलाबिहारी नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २५ को रमेश दास नाम गरेको व्यक्तिले परिक्षा दिईरहेको अवस्थामा नै सो परिक्षा केन्द्रको केन्द्राअध्यक्षको रोहवरमा उनलाई पक्राउ गरेको बताइएको छ ।
उनले बोकेको सक्कलै प्रवेश पत्र समेत बरामद गरी यस कार्यालयमा ल्याई शिक्षा ऐन कानुन बमोजिम म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…