जनकपुरका सरोज मिश्रसहित १० जना एमाले पार्टीबाट भगाइए
त्यसैगरी जिल्ला कमिटी सदस्य रामभरोसी राय (विदेह नगरपालिका), जिल्ला कमिटी सदस्य हफिज अन्सारी (जनकपुरधाम), जिल्ला कमिटी सदस्य हरिशचन्द्र कामत, जिल्ला कमिटी सदस्य कपिल राय (जनकनन्दनी गाँउपालिका), जिल्ला कमिटी सदस्य मनोज यादव (मुखियापट्टी मुसहरनिया) तथा ईद मोहम्मद साफी (जनकपुरधाम) लाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरिएको एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले बताए।

२०७९ जेठ २५ बुधबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जकनपुरधाम । स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा जनकपुरका चर्चित युवा एवम् एमाले पार्टीका सदस्य सरोज मिश्रसहित १० जनालाई पार्टीबाट भगाइएको छ ।
वर्तमान सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश कमिटि सदस्य समेत रहेका सरोज मिश्र लगायत पार्टीमा अन्तरघात गरेको भन्दै पार्टीबाट निकालिएको हो ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै एमालेका पूर्व जिल्ला अध्यक्ष तथा मिथिला नगरपालिकाका पूर्वमेयर समेत रहेका हरिनारायण महतोले पार्टीको चुनाव चिह्न सूर्य छाप लिएर उम्मेदवारी दिएका उम्मेदवारलाई हराउने गतिविधिमा लागेकाले उनलाई पार्टीबाट निष्काशन गरिएको एमाले जिल्ला कमिटीले जानकारी दिएको छ।
महतोसहित एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरीत विद्रोह र अन्तरघात गरेको भन्दै प्रदेश कमिटी सदस्य सरोज कुमार मिश्र (जनकपुरधाम), जिल्ला कमिटी सदस्य महेन्द्र महतो (गणेशमान चारनाथ नगरपालिका) र जिल्ला कमिटी सदस्य राजु गुप्तालाई समेत कारबाही गरेको छ।
त्यसैगरी जिल्ला कमिटी सदस्य रामभरोसी राय (विदेह नगरपालिका), जिल्ला कमिटी सदस्य हफिज अन्सारी (जनकपुरधाम), जिल्ला कमिटी सदस्य हरिशचन्द्र कामत, जिल्ला कमिटी सदस्य कपिल राय (जनकनन्दनी गाँउपालिका), जिल्ला कमिटी सदस्य मनोज यादव (मुखियापट्टी मुसहरनिया) तथा ईद मोहम्मद साफी (जनकपुरधाम) लाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरिएको एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले बताए।
अध्यक्ष यादवले स्थानीय तहको निर्वाचनमा एमालेको सूर्य चिह्न लिएर उम्मेदवार भई चुनाव लडेका उम्मेदवारविरुद्ध प्रदेशभरमा प्रत्येक्ष र अप्रत्येक्ष रुपमा संलग्न अन्य केन्द्रीय सदस्यदेखि जिल्ला कमिटी सदस्यहरु समेतको कारबाही प्रक्रियाको अन्तिम चरणमा रहेको जनाए। तर, अन्य जिल्लाबाट कारबाहीको सिफारिस आउन बाँकी रहेको बताए।
एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठले पार्टीको हित विपरीत कार्य गर्नेहरुलाई कारबाहीका लागि जिल्ला कमिटीले निर्णय गरी प्रदेश कमिटीमा पठाएकोमा जिल्ला कमिटीको सो निर्णय विद्यानसम्मत रहेको भन्दै गत २२ गते नै प्रदेश कमिटीले कारबाहीको सो निर्णय अनुमोदन गरेको बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…