मधेस सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु
मधेस प्रदेशसभाको आजको बैठकमा प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश भएको छ । बैठकमा प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश गर्नुभयो ।

२०७९ जेठ २४ मंगलबार, बेलुकी ७:२५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।
प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत गत जेठ २२ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
आज बसेको प्रदेशसभाको बैठकमा सरकारको सो नीति तथा कार्यक्रममाथिको छलफल भाग लिँदै प्रदेशसभाका सदस्यले सरकारको नीति कार्यक्रम स्वागतयोग्य रहेकाले सोहीअनुरुपको बजेट बनाउन सुझाव दिएका छन् ।
बैठकमा प्रदेशसभा सदस्य परमेश्वर साहले मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रममा समेटिएका कुरा सकारात्मक रहेको भन्दै त्यसको कार्यान्वयनमा शङ्का रहेको टिप्पणी गर्नुभयो ।
सुरुदेखि नै एउटै विषयलाई नीति तथा कार्यक्रममा राखिँदै आए पनि काम केही नभएको गुनासो गर्नुहुँदै उहाँले दूधमती महेन्द्रनगर करिडोरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिनेछ भनेर सुरुदेखि नै सबै नीति तथा कार्यक्रममा राखिँदै आएको भए पनि त्यो कार्य हुन नसकेको गुनासो गर्नुभयो ।
प्रदेशसभा सदस्य दिलीपकुमार साहले प्रदेश सरकारले ल्याएको नीति कार्यक्रममा राखिएको विषय स्वागतयोग्य रहेको भएको उल्लेख गर्नुहुँदै सिरहाको पर्यटकीयस्थललाई नीति तथा कार्यक्रम नसमेटिएकाले त्यसलाई पनि समेटिनुपर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमलाई टेकेर बजेट विनियोजन गर्न आग्रहसमेत गर्नुभयो ।
प्रदेशसभा सदस्य रामअशिष यादवले प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रदेशको समृद्धिका लागि कोसेढुङ्ग हुने दाबी गर्नुहुँदै विगतकै वर्र्षमा ल्याउनुपर्ने कतिपय विषय अन्तिममा भए पनि समेटिएको बताउनुभयो ।
उहाँले सरकारले नीति तथा कार्यक्रममा कृषि, पर्यटन र सामाजिक न्यायका विषयलाई प्राथमिकता दिनु सकारात्मक रहेको उल्लेख गर्दै पर्यावरणीय पक्षलाई पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
आजको बैठकमा प्रदेशसभा सदस्य बच्चाराम अहिर, किशोरी साह ९कमल०, शिवचन्द्र चौधरी, मो समिम, जैनुल राइन, सत्यनारायण मण्डल, सुरिताकुमारी साह, मदनसेन श्रीवास्तव, उपेन्द्र महतो, बबिता कुमारी, बाबुलाल साहलगायतले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषयवस्तु समेट्न सुझाव दिनुभयो ।
सरकारको नीति तथा कार्यक्रममाथि भोलि बस्ने प्रदेशसभा बैठकमा पनि प्रदेशसभा सदस्यले सुझाव राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीकुमार यादवले जानकारी दिनुभयो ।
संशोधन प्रस्ताव दर्ता
मधेस प्रदेशसभा बेठकमा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्र्ष २०७९र८० को नीति तथा कार्यक्रममाथि प्रदेशसभाका पाँच जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
प्रदेशसभा सदस्य बच्चाराम अहिर, परमेश्वर साह, दिलीपकुमार साह, सुन्दरबहादुर विश्वकर्मा र बाबुलाल साह ९कानु० ले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दत्र्ता गराउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
संशोधन प्रस्ताव दर्ता गराउनुभएकामध्ये प्रदेशसभा सदस्य बच्चाराम अहिर, परमेश्वर साह, दिलीपकुमार साह र बाबुलाल साह ९कानु० ले प्रदेशसभामा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरिसक्नुभएको छ भने प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले भोलिको बैठकमा संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
प्रदेश सञ्चार ऐन २०७७ संशोधन विधेयक पेश
मधेस प्रदेशसभाको आजको बैठकमा प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश भएको छ । बैठकमा प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश गर्नुभयो ।
प्रदेश सञ्चार ऐन २०७७ मा केही कुरा संशोधन गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने भएकाले सो विधेयक पेश गरिएको मन्त्री साहले जानकारी दिनुभयो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…