बाघबाट बचाउन भन्दा नेपाल प्रहरीले चलायो अन्धाधुन गोली, एक किशोरीको मृत्यू, एक जना गम्भिर !
मधुवनमा पहिले पनि बाघले आक्रमण गरेकाले स्थानीयले सुरक्षाको माग राख्दै प्रदर्शन गरेका थिए । ‘स्थानीयले जनप्रतिनिधिहरु र प्रहरी प्रशासनका अधिकृतहरुलाई बोलाउनु भएको थियो, मेयर साप बुटवल जानु भएको थियो, म घाइतेलाई भेट्न भनेर नेपालगञ्ज गएको थिएँ । त्यहीबेला दुःखद घटना भएछ,’ नगरपालिकाकी उपप्रमुख चौधरीले भनिन् ।

२०७९ जेठ २४ मंगलबार, दिउँसो १२:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।
स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फ हबल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।
मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि स्थानीय होहल्ला गरेर बाघलाई धपाउन सफल भए । घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइयो ।
मधुवनमा पहिले पनि बाघले आक्रमण गरेकाले स्थानीयले सुरक्षाको माग राख्दै प्रदर्शन गरेका थिए । ‘स्थानीयले जनप्रतिनिधिहरु र प्रहरी प्रशासनका अधिकृतहरुलाई बोलाउनु भएको थियो, मेयर साप बुटवल जानु भएको थियो, म घाइतेलाई भेट्न भनेर नेपालगञ्ज गएको थिएँ । त्यहीबेला दुःखद घटना भएछ,’ नगरपालिकाकी उपप्रमुख चौधरीले भनिन् ।
यता, गृह मन्त्रालयले बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा सोमबार प्रहरीको गोलीबाट नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।
समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन्।
समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…