जग्गा नाप्ने विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु
न्यूज ब्यूरो, वीरगञ्ज । मधेश प्रदेशको बारा जिल्लामा जग्गा नाप्ने क्रममा विवाद भएको छ। घटाइते प्रभुप्रसाद कुशवाहाको उपचार क्रममा मृत्यू भएको हो । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । प्रभुको

२०७९ जेठ २४ मंगलबार, बिहान १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । मधेश प्रदेशको बारा जिल्लामा जग्गा नाप्ने क्रममा विवाद भएको छ। घटाइते प्रभुप्रसाद कुशवाहाको उपचार क्रममा मृत्यू भएको हो ।
बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो ।
प्रभुको मृत्युपछि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो ।
विवाद चर्कदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा राति साढे ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…