अब आईतबार दिँदै आएको सार्वजनिक विदा नहुने
पेट्रोलियम पदार्थको खपत घटाउन गरिएको सो विदा प्रभावकारी नदेखिएपछि सो विदा पुनः फिर्ता गरिने भएको छ । दुई दिनको विदामा सरकारी कर्मचारीलाई मोजैमोज देखिएपछि सर्वसाधारणहरुले चर्को आलोचना गर्दै आएको थियो ।

२०७९ जेठ २३ सोमबार, बेलुकी ६:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्नको लागि सातामा शनिबार र आईतबार गरी लागू गरेको सार्वजनिक विदा कटौती गर्ने भएको छ ।
सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।
गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।
तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।
पेट्रोलियम पदार्थको खपत घटाउन गरिएको सो विदा प्रभावकारी नदेखिएपछि सो विदा पुनः फिर्ता गरिने भएको छ । दुई दिनको विदामा सरकारी कर्मचारीलाई मोजैमोज देखिएपछि सर्वसाधारणहरुले चर्को आलोचना गर्दै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…