जनकपुरबाट छुटेको बस पूलबाट तल खस्दा ९ जनाको मृत्यू, कैँयौ घाईते !
रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट रोहिणी नदीमा बस खसेको थियो।

२०७९ जेठ २२ आइतबार, बिहान ७:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट छुटेको एक यात्रुवाहक बस पूलबाट तल खस्दा ९ जनाको मृत्यू भएको छ ।
जनकपुरबाट भैरहवाको लागि छुटेको सो यात्रुवाहक बस परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा खस्दा ९ जनाको मृत्यु भएको हो ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो ।
आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।
घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले पुष्टि गरे ।
मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।
भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक–पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । पुल घुम्तीमा रहेको कारण पनि चालकहरू झुक्किएर दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।
बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो। चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट रोहिणी नदीमा बस खसेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…