मेयर यादव पुगेपछि कमला नदीमा अवैद्य उत्खनन गर्ने ट्रयाक्टरहरु भागमभाग
नी शुक्रबार दिउँसो कमला नदी छडकेमा जाँदा दर्जनौँ ट्रयाक्टरहरुले अवैद्य खोला उत्खनन गरिरहेको पाइएको थियो । सशस्त्र प्रहरी, जनपद प्रहरीको सँयुक्त टोलीले ट्रयाक्टरलाई पछयाएको थियो ।

२०७९ जेठ २१ शनिबार, दिउँसो १२:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जिल्ला जोडने कमला नगरपालिकामा अवैद्य उत्खनन गर्ने ट्रयाक्टरहरु शुक्रबार भागमभाग भयो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाका नव निर्वाचित मेयर जीतनारायण यादवले कमला नदीमा अवैद्य उत्खनन भइरहेको खवर पाएपछि सुरक्षाकर्मी लिएर नदी पुगेपछि तत्कालै ट्रयाक्टरहरुमा भागम भाग भएको थियो ।
कमला नदीमा दिनहुँ हुने अवैद्य खोला उत्खननले बाढी प्रलय आउने सम्भावना बढदै जाँदा सरोकारबालाहरुले केही नगरेपछि नव निर्वाचित मेयर यादवले एक्सन लिएका हुन् ।
उनी शुक्रबार दिउँसो कमला नदी छडकेमा जाँदा दर्जनौँ ट्रयाक्टरहरुले अवैद्य खोला उत्खनन गरिरहेको पाइएको थियो । सशस्त्र प्रहरी, जनपद प्रहरीको सँयुक्त टोलीले ट्रयाक्टरलाई पछयाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…