भाउजुलाई पेट्रोल छर्केर आगो लगाई मार्ने देवर पक्राउ !
उपचारकै क्रममा मृत्यु भएपछि बद्री साहले जिल्ला प्रहरी कार्यालय मोरङमा समेत उजुरी दिएको थियो ।

२०७९ जेठ १६ सोमबार, राति १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । आफ्नै भाउजूलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा पाँच महिनापछि देवर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर १ बस्ने परमेश्वर साह रहेको प्रहरीले जनाएको छ ।
उनले गत २१ माघमा दाई रबिन साहकी श्रीमती वर्ष २७ की राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको अभियोग छ ।
घटना पश्चात फरार रहेका परमेश्वरलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको हो ।
उनलाई सोमबार कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी हिसासतमा राखेर अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
आगोमा जलेर गम्भीर घाइते भएकी उनकी भाउजु राजकुमारीको उपचारका क्रममा गत बर्षको माघ २२ गते विराटनगरमा मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २३ गते उजुरी दिँदै मृतकका बुवा बोदे बर्साइन नगरपालिका वडा नम्बर ६ का बद्री साहले परमेश्वरविरुद्ध किटानी उजुरी दिएका थिए ।
माघ २१ गते राजकुमारी चुल्होमा खाना पकाइरहेकी थिइन्। टोलकै पसलबाट परमेश्वरले बोतलमा खुल्ला पेट्रोल किनेर ल्याए।
मोटरसाइकल समेत भएकाले पसलेले मोटरसाइकलमा हाल्न होला भनेर एक बोतल पेट्रोल बेचे। आवेशमा आएका परमेश्वरले अचानक अगेनाको छेउमा बसेकी राजकुमारीको शरिरमा पेट्रोल छर्के। चुल्होको आगोलाई पेट्रोलले तान्यो। राजकुमारीको शरीरमा हुरहुर्ती आगो बल्यो।
उपचारकै क्रममा मृत्यु भएपछि बद्री साहले जिल्ला प्रहरी कार्यालय मोरङमा समेत उजुरी दिएको थियो ।
त्यसअघि राजकुमारीका श्रीमान रबिनकुमारले इलाका प्रहरी कार्यालय कडरबोनामा घाउँजाँचको निवेदन दिएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…