सरकारी कर्मचारी तलब १५ प्रतिशतले वृद्धि
न्यूज ब्यूरो, काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको तलव १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामति, सेना, प्रहरी, शिक्षक लगायत राष्ट्र सेवकहरुलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन आगामी साउन १ गतेबाट लागू हुनेगरी १५ प्रतिशत

२०७९ जेठ १५ आइतबार, बेलुकी ६:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको तलव १५ प्रतिशतले वृद्धि गरेको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामति, सेना, प्रहरी, शिक्षक लगायत राष्ट्र सेवकहरुलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन आगामी साउन १ गतेबाट लागू हुनेगरी १५ प्रतिशत तलववृद्धि गरेको बताउनुभएको हो ।
उहाँले हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको बताउनु भयो । अर्थमन्त्री शर्माले भन्नुभयो, ‘निजामति, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्र सेवकहरुलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन २०७९ साउन १ गतेबाट लागू हुने गरी तलवमानमा १५ प्रतिशत वृद्धि गरेको छु ।
हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको छु । राष्ट्रसेवक कर्मचारीहरुको न्यूनतम तलव सेवा सुविधा पुनरावलोकन गर्न र श्रमीकहरुको तलव सुविधाको अध्ययन गरी नेपाल सरकारलाई सिफारिसस गर्न एक उच्चस्तरीय तलव सुविधा आयोग गठन गरिनेछ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…