'म नगरपिता वा नेता होईन, नगरको सेवक हुँ': मेयर यादव
मत माग्ने क्रममा आफूलाई सबभन्दा अधिक गुनासो बैँकमा लाग्नुपर्ने लाईनभन्दा पनि समयमा समाजिक सुरक्षा भत्ता उपलब्ध नभएको गुनासो आएको भन्दै उनले नगरपालिकाका लेखा अधिकृतलाई बोलाएर अन्य कार्यलाई तत्काल ढिलाई गरेपनि समाजिक सुरक्षा भत्ता समयमा पुगाउन आग्रह गर्ने बताए ।

२०७९ जेठ १५ आइतबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका नव निर्वाचित मेयर विशेश्वर यादवले आफू कुनै पनि दलको प्रतिनीधिभन्दा नगरको सेवक भन्न रुचाउने बताएका छन् ।
गाउँवस्तमा पुगेर मतदाताहरुलाई गरिने धन्यवाद कार्यक्रममा बोल्दै मेयर यादवले विभिन्न ठाउँमा नगर प्रमुख, नगरपिता, फलानो पार्टीको मेयर भनेर भन्दै गर्दा आफू त्यो भन्न नरुचाएको बताए ।
कमला नगरपालिका वडा नम्बर २ मा आयोजना गरिएको जनप्रतिनीधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा मेयर यादवले आफू सबभन्दा पहिले जय नेपाल भन्ने बताए । त्यसपछि जय मधेश र लालसलाम समेतको अभिवादन दिने बताए ।
मत माग्ने क्रममा आफूलाई सबभन्दा अधिक गुनासो बैँकमा लाग्नुपर्ने लाईनभन्दा पनि समयमा समाजिक सुरक्षा भत्ता उपलब्ध नभएको गुनासो आएको भन्दै उनले नगरपालिकाका लेखा अधिकृतलाई बोलाएर अन्य कार्यलाई तत्काल ढिलाई गरेपनि समाजिक सुरक्षा भत्ता समयमा पुगाउन आग्रह गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…