मधेशको नीजगढमा ईन्टरनेश्नल एयरपोर्ट बनाउन रोक लगाएपछि काठमान्डौँमा धन्यवाद रयाली
विमानस्थल बनाउने गृहकार्य गरेपछि जनकपुरका पर्यावरण अभियन्ता सुरेश शर्माले सर्वोच्च अदालत गुहारेका थिए ।

२०७९ जेठ १४ शनिबार, राति ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउन रोक लगाएको खुसीयालीमा वातावरण प्रेमीहरूले र्यालीको आयोजना गरेका छन् ।
निजगढ विमानस्थलको निर्माणमा रोक लगाएर पर्यावरण जोगाएको भन्दै प्यान नेपालको आयोजनामा सो र्याली गरिएको हो ।
बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो ।
अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारलाई भनेको छ ।
शनिबार नै सर्वोच्च अदालतको आदेशको विरोधमा माइतीघर मण्डलामा निजगढवासीले विरोध कार्यक्रमको आयोजना गरेका थिए ।
नीजगढमा बन्ने भनिएको अन्तराष्ट्रिय विमानस्थल बनाउन लाखौँ बोटविरुवा काटेर बनाउने योजना रहेकोमा पर्यावरण अभियानीहरुले अदालत गुहारेको थियो ।
तराई मधेशको प्राणवायू मानिने नीजगढ वनमा लाखौँ बोटविरुवा काटेर नयाँ विमानस्थल बनाउने गृहकार्य गरेपछि जनकपुरका पर्यावरण अभियन्ता सुरेश शर्माले सर्वोच्च अदालत गुहारेका थिए ।
नीजगढ वन मासेर विमास्थल बनाउने भएपछि तराईमा केही दिनमै पानीको हाहाकार, जीवजन्तु नाश हुने समस्यालाई मध्यनजर गर्दै अभियन्ताहरुले मुद्दा दायर गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…