जनकपुरः ७ बर्षिय बालकको मुटु फेर्न सबै सम्पति बेचियो, पैसा अभाव भएर ज्यान जाने त्रास
केहीदिनमै उनलाई उपचारको लागि दिल्ली लैजानुपर्ने अवस्था रहेकोले तत्कालै सहयोगको लागि अपिल गरेका छन् । विदेशमा बस्ने नेपाली युवकहरुले उनलाई सहयोग गर्ने गरेको समाचारहरु देखेको भन्दै आफूलाई पनि सहयोग गर्ने अपेक्षा र विश्वास राखे ।

२०७९ जेठ ११ बुधबार, राति ८:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत दुई बर्षदेखि मुटुको विरामी भएर निरन्तर उपचारमा रहेका धनुषाका एक बालकको ज्यान जाने जोखिम बढदै गएको छ ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ३ लगमा बस्ने सन्दिप कुमार मुखियाको ७ बर्षिय छोरा सुरज कुमार मुखियाको मुटु रोगले सताएपछि रकम अभावमा उपचार गराउनबाट बँचित हुँदै गएको छ ।
भएभरको सम्पति दुई बर्षमा उनकै उपचारको लागि बेच्दै आएको उनको बुवाले नेपालमा उनको उपचार सम्भव नभएको तथा बाहिर लगेर मात्र मुटु फेर्नुपर्ने बताएपछि खानापिना छाडेर बसेका छन् ।
काठमान्डौँमै उपचारको क्रममा करिब १६ लाख रुपैयाँ खर्ची सकेका सन्दिप मुखिया विपन्न परिवारबाट हुन् । ३ बर्ष विदेश कमाएर जुटाएको सबै सम्पति र पैसा छोरा उपचारमै लगानी गरी अतिरिक्त ऋण समेत बोक्नु परेको छ ।
छिमेकी मुलुक भारतको दिल्लीमा मात्र उनको मुटु फेर्न सक्ने बताएपछि उनलाई भारत लग्ने तयारी गरिएपनि रकम अभावमा अझै लैजान सकेका छैनन् । उनको उपचारको क्रममा मुटु फेर्नको लागि अझै करिब ५० लाख रुपैयाँ नै खर्च हुने भनेपछि सन्दिप मुखिया खानापिना छाडेर छोराको लागि रोइरहेका छन् ।
गाउँ छिमेकमा अब उनलाई ऋण पनि कसैले नदिएपनि उनी आतिएका छन् । यतिदिनदेखि सकेसम्म उपचार गराउँदै आएका मुखिया परिवारले ऋण समेत उपलब्ध नभएपछि मिडिया मार्फत सहयोग गरी छोरा बचाईदिन अपिल गरेका छन् ।
केहीदिनमै उनलाई उपचारको लागि दिल्ली लैजानुपर्ने अवस्था रहेकोले तत्कालै सहयोगको लागि अपिल गरेका छन् । विदेशमा बस्ने नेपाली युवकहरुले उनलाई सहयोग गर्ने गरेको समाचारहरु देखेको भन्दै आफूलाई पनि सहयोग गर्ने अपेक्षा र विश्वास राखे ।
उनले भने, –“विदेश बस्ने हाम्रा नेपाली दाजुभाईहरुले विभिन्न समयमा सहयोग गरेको समाचारहरु हेर्दै आएको छु, मेरो छोरालाई बचाउँदैन उहाँहरु ?”
छोरा बचाउनको लागि बालकका बुवा सन्दिप मुखियाले सहयोग गर्नको लागि बैँक खाता समेत सार्वजनिक गरेका छन् । बैँक खाताको विवरण निम्न अनुसार रहेको छ ।
Bank Name : NIC ASIA , Branch : Saghara
Account Number: 2325750618894001
Account Holder Name : SANDIP KUMAR MUKHIYA
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…