धनुषाका १८ वटै पालिका प्रमुखले खाए पद तथा गोपनीयताको किरिया
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सबैपालिका प्रमुखहरूलाई सपथ ग्रहण गराएका हुन् । जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएता पनि जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम सोमबार साझ मात्रै आएकाले मंगलबार सबै नवनिर्वाचित प्रमुखहरूलाई एकैसाथ सपथ गराइएको हो ।

२०७९ जेठ १० मंगलबार, बेलुकी ५:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जिल्लाको १८ वटै स्थानीय तह (पालिका) का नवनिर्वाचित प्रमुखले सपथ ग्रहण गरेका छन् ।
जनकपुधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा जिल्लाको १ उपमहानगरपालिका,११ नगरपालिका र ६ वटा गाउँपालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुले एकैसाथ सपथ ग्रहण गरेका हुन् ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सबैपालिका प्रमुखहरूलाई सपथ ग्रहण गराएका हुन् । जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएता पनि जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम सोमबार साझ मात्रै आएकाले मंगलबार सबै नवनिर्वाचित प्रमुखहरूलाई एकैसाथ सपथ गराइएको हो ।
अब सपथ ग्रहण गरिसकेका पालिका प्रमुखहरूले उपमेयर, उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउनेछन् ।
जिल्लाको १८ पालिका मध्ये नेपाली कांग्रेसले १०, नेकपा एमाले ३, जनता समाजवाद पार्टी ३, माओवादी केन्द्र १ र जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र निर्वाचित भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…