राती बज्ने चर्को साउण्डको डिजे न्यूनिकरण गर्ने धनुषाको पहिलो एसपी 'बसन्त रजौरे'
पूर्वी धनुषाको कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, शहिदनगर नगरपालिका, विदेह नगरपालिका, औरही गाउँपालिका, सबैला नगरपालिका लगायतको क्षेत्रमा प्रहरीले गुनासोको आधारमा राती ९ बजेपछि बजाइने डिजेमा न्यूनिकरण हुँदै गएको छ ।

२०७९ जेठ १० मंगलबार, बिहान ७:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रात–राती चर्को साउण्डमा बजाइदै आएको डिजे न्यूनिकरण गर्ने धनुषाको पहिलो प्रहरी प्रमुख (एसपी) को रुपमा बसन्त रजौरे बनेका छन् ।
धनुषा जिल्लामा जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले सँयुक्त रुपमा राती चर्को साउण्डमा बजाइने डिजेमा प्रतिबन्ध लगाएपनि कार्यन्वयन गर्न नकिएको अवस्थामा धनुषाका एसपी बसन्त रजौरले न्यूनिकरणको कडा कदम चालेपछि कार्यन्वयन हुन थालेको छ ।
पूर्वी धनुषासहित जिल्लाको विभिन्न स्थानमा बिहेमा अबेर रातीसम्म बज्दै आएको चर्को साण्डको डिजे र अश्लिल खालको गीतहरुमा पूर्ण प्रतिबन्धन कार्यन्वयन हुन नसकेपनि धेरै हदसम्म न्यूनिकरण गर्न सफल भएका छन् ।
यसअघिका प्रहरी प्रमुखहरुको रोहबरमै धनुषामा राती ९ बजेसम्म मात्र लाउडस्पीकर बजाउन पाउने, माथिको हर्न बजाउन नपाउने तथा डिजेमा मध्यम आवाजमा मात्र गीतहरु बजाउन पाउने गरी नियम बनाएकोमा कार्यन्वयन हुन सकेको थिएनन् ।
धनुषाका वर्तमान एसपी बसन्त रजौरेले स्थानीयहरुको गुनासोको आधारमा प्रहरी पठाएर नियन्त्रणमा लिन थालेपछि धेरै हदसम्म राती राती बज्ने चर्को साउण्डको डिजे न्यूनिकरण भइरहेको देखिएको छ ।
न्यूज ब्यूरोसँगको कुराकानीमा एसपी रजौरेले भने, –“जिल्लाको विभिन्न ठाउँमा अझै पूर्ण रुपमा बन्द गर्न कठिनाई भएपनि धेरै हदसम्म न्यूनिकरण भने गर्न सकेका छौँ । दुई महिनाको अवधीमा हामीले दर्जनौ डिजेलाई नियन्त्रणमा लिएर कारवाही थालेपछि उनीहरुले ९ बजेपछि बजाउने चर्को साउण्डको डिजे, अश्लिल गीतलाई केही हदसम्म न्यून भएको छ ।”
एसपी रजौरेले समाजमा हुने यस्ता खाले गतिविधिको बारेमा कुनै स्थानीयले नजिकको प्रहरीलाई खवर गरे प्रहरी तत्कालै पुगेर नियन्त्रणमा लिने वा सम्झाई बुझाई गरी नियन्त्रण गर्ने गरिएको छ । तर, गुनासो नै नगरिएको ठाउँमा हरेक ठाउँमा प्रहरी नहुँदा कठिनाई भएको हुन सक्छ ।
“जहाँ जहाँबाट कम्प्लेन, गुनासो आएको छ हामीले कार्यन्वयन गरेका छौँ । राती ९ बजेपछि बज्न नदिने नियम बमोजिम हामीले काम गरिरहेका छौँ, तर त्यसको लागि कसैले गुनासो गरी जानकारी गराउनुपर्छ । सबै ठाउँमा प्रहरी त हुँदैन, राउण्डमा जाने प्रहरीले आफैँ देखेपछि नियन्त्रणमा लिन्छन् तर जुन ठाउँमा पुग्न नसक्दा त्यहाँबाट आम नागरिकले खवर गर्नुपर्छ । खवर गरेपछि समय सीमा नाघेर घन्काईरहेको छ भने त्यो नियन्त्रणमा लिन्छौँ ।”– उनले भने ।
पूर्वी धनुषाको कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, शहिदनगर नगरपालिका, विदेह नगरपालिका, औरही गाउँपालिका, सबैला नगरपालिका लगायतको क्षेत्रमा प्रहरीले गुनासोको आधारमा राती ९ बजेपछि बजाइने डिजेमा न्यूनिकरण हुँदै गएको छ ।
यसरी धनुषा जिल्लामा यसअघि आएका प्रहरी प्रमुखहरुले कडापन नदेखाउँदा निर्णय कार्यन्वयन नभएको अवस्थामा अहिले केही हदसम्म कडाई गरेपछि वर्तमान प्रहरी एसपी बसन्त रजौरे डिजे आतंक न्यूनिकरण गर्ने पहिलो एसपीको रुपमा चिनिन्छन् ।
डिजेको कारण कैयौँ जनाको ज्यान गएको तथ्याँक छ । नेपालभरिमा मात्र ५ वटा डिजे रथ दर्ता रहेकोमा अन्यहरु गैर कानुनी रुपमा सँचालन गर्दै आएकोले उनीहरुलाई समेत नियन्त्रणमा लिने प्रयास गरिएको एसपी रजौरेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…