जीतको उन्मादः चुनावमा जितेपछि विजयी उत्सव मनाउन एक दिने सार्वजनिक विदाको घोषणा
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द कुमार चौधरीद्धारा जारी गरिएको सूचनामा नव निर्वाचित गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको आदेश अनुसार एक दिने सार्वजनिक विदा दिएको हो ।

२०७९ जेठ ९ सोमबार, बिहान ११:३७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको क्रममा नव निर्वाचित जनप्रतिनीधिहरुको विजयी उत्सव भन्दै एक दिने सार्वजनिक विदाको निर्णय गरिएको छ ।
मधेश प्रदेशको सप्तरी जिल्लास्थित रहेको रुपनी गाउँपालिकाले आज सोमबार एकदिने सार्वजनिक विदाको घोषणा गरेको छ ।
चुनावमा नव निर्वाचित जनप्रतिनीधिहरुको विजयी उत्सव कारण देखाउँदै गाउँपालिका भित्रको सम्पूर्ण शैक्षिक सँस्थानहरु बन्द गरी सार्वजनिक विदा दिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द कुमार चौधरीद्धारा जारी गरिएको सूचनामा नव निर्वाचित गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको आदेश अनुसार एक दिने सार्वजनिक विदा दिएको हो ।
सोमबार गाउँपालिकाभरिको सरकारी अड्डा, शैक्षिक सँस्थानहरु बन्द रहेको छ । गाउँपालिका अध्यक्षमा निर्वाचित भए लगत्तै यस्तो निर्णय गरेपछि उनको चौतर्फी आलोचना भएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…