जनकपुरधाम उपमहानगरमा बागी उम्मेदवार साह २ हजार बढी मतले अगाडी, छत्ता अझै गायब
सो क्रममा जनमत पार्टीबाट मेयरमा उम्मेदवारी दिएकी अनिता देवीले भने १३५१ मत प्राप्त गरेकी हुन् ।

२०७९ जेठ ९ सोमबार, बिहान ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा बागी उम्मेदवार मनोज कुमार साह सुडीको अग्रता कायमै छ ।
गत बैशाख ३० गते सम्पन्न मतदान प्रक्रियापछि जारी रहेको मतगणनाको क्रममा सोमबार बिहानसम्म एमालेका शिवशंकर साह हिराको तुलनामा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोज कुमार साह सुडी २ हजार भन्दा बढी मतले अगाडी रहेका छन् ।
सोमबार बिहानसम्म मनोजले कुल ११४५३ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी शिवशंकर साह हिरा ९१२७ मत ल्याएर पछयाउँदै गएका छन् ।
गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार बनेका लालकिशोर साह भने ४७०८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडाहरुमध्ये २३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ भने अब मात्र दुई वटा वडाको मत पत्र गन्ती गर्न बाँकी रहेको छ ।
सो क्रममा जनमत पार्टीबाट मेयरमा उम्मेदवारी दिएकी अनिता देवीले भने १३५१ मत प्राप्त गरेकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…