धनुषाको मिथिलाबिहारी नगरपालिकाबाट एमालेको पुरै पत्ता साफ
मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेस, वडा नं. २ मा माओवादी, वडा नं. ३ मा पनि माओवादी, वडा नम्बर ४ मा काँग्रेस , वडा नं. ५ मा जसपा, वडा नं. ६ मा पनि जसपा, वडा नम्बर ७ मा माओवादी, वडा नं. ८ मा जसपा, वडा नम्बर ९ मा स्वतन्त्रका विन्देश्वर यादव र वडा नं. १० मा पनि नेपाली काँग्रेसका ललित नारायण झा निर्वाचित भएका छ ।

२०७९ जेठ ७ शनिबार, बिहान ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाबाट एमालेको पुरै पत्ता साफ भएको छ ।
मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म कुनै पनि वडामा एमालेले एक सिट पनि ल्याउन सकेनन् । निवर्तमान मेयर अनिल कुमार यादव पनि निर्वाचित हुन सकेनन् ।
यसअघि करिब ५ बर्ष सरकार चलाएका एमालेका अनिल कुमार यादवले यसपालीको चुनावमा काँग्रेसलाई उछिन्न नसक्दा पराजित भएको हो ।
मिथिला बिहारी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका राजेन्द्र प्रसाद यादव विजयी भएका छन् । उनले चुनावम ४३०४ मत ल्याएर निर्वाचित भएका छन् ।
मतगणना अनुसार निवर्तमान मेयर अनिल कुमार यादवले कुल ४०९४ मत ल्याएका छन् । उनकै प्यानलकै एउटा पनि उम्मेदवार निर्वाचित हुन सकेनन् ।
मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेस, वडा नं. २ मा माओवादी, वडा नं. ३ मा पनि माओवादी, वडा नम्बर ४ मा काँग्रेस , वडा नं. ५ मा जसपा, वडा नं. ६ मा पनि जसपा, वडा नम्बर ७ मा माओवादी, वडा नं. ८ मा जसपा, वडा नम्बर ९ मा स्वतन्त्रका विन्देश्वर यादव र वडा नं. १० मा पनि नेपाली काँग्रेसका ललित नारायण झा निर्वाचित भएका छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…