उमेश बचाउको नक्कली हिसाब देखाएपछि पत्रकार सम्मेलनमै धोइए सरोज राय, पत्रकारहरु मानेन हिसाब
उनले उमेश बचाउ अभियानको क्रममा करिब ६० लाख रुपैयाँ उठेको जनाउँदै उनले ५० लाख बढी खर्च देखाएका छन् ।

२०७९ जेठ ५ बिहीबार, बेलुकी ७:३३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उमेश बचाउ अभियानमा लाखौँ रुपैयाँ उठाएका एनजिओकर्मी सरोज राय विहिबार पत्रकारहरुको चौतर्फी प्रश्नको घेरामा परेका छन् ।
चुनावको मतगणनाको मुखमा कम ध्यान आकृष्ट होस भन्ने उदेश्यले जनकपुरमा नेपाल पत्रकार महासंघ धनुषा शाखामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अनाधिकृत हिसाबकिताब देखाएपछि पत्रकारहरुको प्रश्नको घेरामा परेका हुन् ।
बारम्बार आफू समाजसेवी रट्दै, ज्यानको जोखिम पारेको, परिवार छाडेको जस्ता शब्दहरु पटक पटक दोहरयाएपछि पत्रकारहरुले उनलाई प्रश्नको घेरा हालेपछि मात्र चुप लागेका छन् ।
आफूले स्वयँम तयार पारी ल्याएको हरहिसाब देखाएपछि पत्रकारहरुले रायसँग अधिकारिताको प्रश्न उठाएपछि उनले जवाफ दिन सकेनन् । हरहिसाब लेखेर राखेपनि हिसाब प्रमाणित गर्ने बैँक स्टेटमेन्ट र खर्चको प्रमाणहरु भने जुटाउन नसक्दा पत्रकारहरुले हिसाब मानेनन् ।
उनले उमेश बचाउ अभियानको क्रममा करिब ६० लाख रुपैयाँ उठेको जनाउँदै उनले ५० लाख बढी खर्च देखाएका छन् । ३० लाख रुपैयाँ पाकिस्तानी परिवारलाई दिने सहमति भए अनुसार पठाएको उल्लेख छ ।
तर, उनले तीन पटक पाकिस्तान जाँदा १२ लाख ६ हजार ४९२ रुपैयाँ खर्च देखाएका छन् । उनले यसको प्रमाण पेश नगरेपनि तीन पटक पाकिस्तान जाँदा प्रत्येक पटक ४ लाख रुपैयाँ खर्च गरेको उल्लेख छ ।
यस्तै, पुरै बचाउ अभियानमा पनि ५ लाख ६४ हजार रुपैयाँ उल्लेख भएको छ । पुरै अभियानको क्रममा के मा कति र कहाँ कहाँ भयो भनेर उल्लेख गरिएका छैन, सीधा ५ लाख ६४ हजार खर्च भयो भनेर उल्लेख छ ।
प्रभु बैँकमा रहेको ग्रोविँग नेपाल फाउण्डेशनको खातामा गएको रकमको कुनै स्टेटमेन्ट बिना नै आफ्नै मनले लेखेको रकमहरु पत्रकारहरुलाई बुझाउन खोजेपछि पत्रकारहरुले विरोध जनाउँदै अधिकारिक स्टेटमेन्ट उपलब्ध गराउन माग गरेका थिए ।
उनले पटक पटक यही अधिकारिक रहेको भन्दै बुझाउन खोजेपछि पत्रकारहरुले अधिकारिक पुष्टि भएको बैँक स्टेटमेन्ट नदिएसम्म आफैँले तयार पारेको हर हिसाब अवैद्यानिक रहेको जवाफ दिएको थियो ।
सो क्रममा पत्रकार गोविन्द महतोले भने, –“यो त तपाईले आफैँ लेख्नु भएको हिसाब हो, यसको अधिकारिता खोई ? बैँकमा जम्मा भएको रकम छ भने बैँक स्टेटमेन्ट खोई ? आफैँले लेखेर दिएपछि किन विश्वास गर्ने ? विश्वास गर्ने आधार खोई ?” भनेर प्रश्न गरेका थिए ।
सोही क्रममा पत्रकार दिपक कर्णले समेत सोही प्रश्नमा सहमति जनाउँदै बाँकी रहेको रकमको के गरिने र उमेश यादव यो हिसाबबाट सन्तुष्ट छ वा छैन भनेर प्रश्न तेर्साएका थिए । सो क्रममा उमेश यादव मन भारी बनाउँदै अधुरो जवाफ फर्काएको थियो ।
पत्रकार सम्मेलनमै पत्रकार उपेन्द्र भगत नागवंशीले हिसाब पारदर्शीताको लागि आधार पेश गर्न माग गरे । उनले सँस्थाको नाममा आएको लाखौँ रकमको बैँक स्टेटमेन्ट र अडिट रिपोर्ट समेत पेश गर्न माग गरे ।
पत्रकारहरुको जवाफमा एनजिओकर्मी सरोज रायले बैँक स्टेटमेन्ट नरहेको तथा बैँक खाता फ्रिज अवस्थामा रहेको र अडिट नगराएको जवाफ दिएका थिए । पत्रकारहरुले अडिट गराएर बैँक स्टेटमेन्टसहित मात्र आउन भनेका थिए ।
बारम्बार उनले आफूलाई समाजसेवी घोषित गर्न थालेपछि पत्रकार गोविन्द महतोले झपार्दै प्रमाण देखाउन भनेपछि उनी जवाफ पेश गर्न सकेनन् ।
उमेश बचाउ अभियानको क्रममा सउदी जाँदा त्यहाँका कामदारहरुले हातबाटै लाखौ रुपैयाँ दिएको बताइएको छ । विभिन्न रेमिट्यान्स र बैँक मार्फत रकम पठाएको थियो ।
उमेश बचाउ अभियानको ४ बर्ष भएपनि सरोज रायले अझै हरहिसाब पारदर्शी गरेका छैनन् । उनले हरहिसाब सार्वजनिक गर्ने स्टेटस फेसबुकमा राखेपछि ४ बर्षको बैँकको ब्याज समेत सर्वसाधारणहरुले खोजेका छन् । (धोईएः नक्कली तथ्याँक देखाएपछि पत्रकारहरुले झपारे भन्ने उदेश्यले शब्द प्रयोग)
यस्तो छ सरोज रायले आफैँले तयार पारेको हिसाबकिताब
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…