कमला नगरपालिकामा पुनः नेपाली काँग्रेसको सरकार, विशेश्वर यादव भए नगर प्रमुख
सोही ठाउँमा जसपाकी पुनिता मण्डलले भने २७३० मत प्राप्त गरेकी हुन् ।

२०७९ जेठ ५ बिहीबार, बिहान ६:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका विशेश्वर यादव निर्वाचित भएका छन् ।
बुधबार अबेर राती भएको ९ वटै वडाको मतपरिणाम अनुसार काँग्रेसका ६५ बर्षिय विशेश्वर यादवले ३८८७ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी एवम् जसपाका जिल्ला अध्यक्ष समेत रहेका पशुपति यादवले २८५९ मत प्राप्त गरेका छन् । उनी २०७४ सालको चुनावमा २६९७ मत प्राप्त गरेका थिए ।
२०७४ सालको चुनावमा मेयरमा उम्मेदवारी दिएका पशुपति यादव (तत्कालिन संघीय समाजवादी फोरम) र राम उदगार गोईत (नेपाली काँग्रेस) बीच टक्कर भएको थियो ।
सो चुनावमा काँग्रेसका रामउदगार गोईतले ४०२० मत प्राप्त गरेका थिए भने पशुपति यादवले २६९७ मत प्राप्त गरेका थिए ।
यसपाली काँग्रेसकै विशेश्वर यादवले ३८८७ मत प्राप्त गरी निर्वाचित भएका छन् । यस्तै एकिकृत समाजवादी (कलम छाप) का कुलदेव मोरबैता भने २६९३ मत प्राप्त गरेका छन्् भने एमालेका दीपेन्द्र कुमार यादव १३५७, नेकपा माओवादी केन्द्रका बलराम विराजी १९८९ मत प्राप्त गरेका छन् ।
यस्तै, कमला नगरपालिकाको उममेयरमा पुनः शिला देवी मण्डल निर्वाचित भएकी छन् । उनी पनि ३८८७ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटम प्रतिद्धन्द्धी एकिकृत समाजवादी की सरस्वाति सिन्हाले भने २७६६ मत प्राप्त गर्न सफल भइन् ।
सोही ठाउँमा जसपाकी पुनिता मण्डलले भने २७३० मत प्राप्त गरेकी हुन् । कमला नगरपालिकामा कान्छी उपमेयरको रुपमा उम्मेदवारी दिएकी माओवादीकी निलम कुमारी मण्डलले २२९६ मत प्राप्त गरेकी हुन् ।
यसै क्रममा अन्तिममा भएको वडा नं. ५ को मतगणना अनुसार शिवा पासवान पुनः अर्को कार्यकालको लागि दोस्रो पटक निर्वाचित भएका छन् । उनी ६४६ मत ल्याएर वडाध्यक्षमा निर्वाचत भएका छन् ।
सूर्य छापबाट राम खेलावन यादव ६३३ मत, नेपाली काँग्रेसका चन्देश्वर यादव ५४६ मत र जसपाका शम्भु यादव ७९ मत प्राप्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…