जनकपुरधाम आउँदे साक्षात 'सीता'
जानकी मन्दिरको तर्फबाट रामकथा प्रचवन कार्यक्रममा ‘धनुष लिला’ पनि प्रदर्शन गर्नेछौं ।’

२०७९ जेठ ४ बुधबार, बेलुकी ६:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सीताकी धर्ती भनेर विश्व प्रसिद्ध एवम् पवित्र भूमि रहेको जनकपुरधाममा रामायणकी सीता आउने भएकी छन् ।
छिमेकी मुलुक भारतको सबभन्दा ठुलो टेलिसिरियल रहेको रामायणमा मुख्य पात्र सीताकी भूमिका निभाएकी दिपीका चिखलीया जनकपुरधाम आउने लगभग पक्कापक्की भएको छ ।
रामानन्द सागरद्वारा निर्मित धार्मिक धारावाहिक ‘रामायण’मा सीताकी भूमिकामा अभिनय गरेकी दिपीका चिखलीया सन्त मोरारी बाबुसँग जनकपुरधाममा आउन लागेको बताइएको छ ।
जनकपुरधाममा जेठ ७ गतेदेखि १५ गतेसम्म हुने रामकथा प्रवचन कार्यक्रममा सन्त रामकथा मोरारी बाबुसँग उहाँको पनि जनकपुरधाम आउने बढी सम्भावना रहेको बताइएको छ ।
मोरारी बापुद्वारा श्री रामकथा प्रवचन कार्यक्रम जनकपुरधामको तिरहुतिया गाछीमा हुने भएको रामकथा प्रेमयज्ञ समितिका अध्यक्ष एवं जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा महन्थ दासले सात दिनसम्म हुने रामकथामा नेपाल भारत लगायत विभिन्न ठाउँबाट प्रतिदिन १० हजार बढी श्रद्धालुहरु सहभागी हुने बताएका छन् ।
उनले धार्मिक धारावाहिक रामायणमा मुख्य किरदारकी भूमिका अभिनय गरेका धेरै कलाकारहरु आउने सम्भावना छ, तर सीताकी किरदार निभाएकी दिपीका चिखलीयाको जनकपुरधामा आउने बढी सम्भावना रहेको जिकिर गरेका छन् ।
छोटे महन्थ दासले भने, ‘जनकपुरधाम ऐतिहासिक धार्मिक नगरी हो । भगवान राम र भगवती सीताको वैवाहिक स्थलको रुपमा पनि रहेको छ । जानकी मन्दिरको तर्फबाट रामकथा प्रचवन कार्यक्रममा ‘धनुष लिला’ पनि प्रदर्शन गर्नेछौं ।’
प्रवचन कार्यक्रम ७ गते शनिवार साझ ४ बजे देखी ७ बजे सम्म हुने भएको छ । त्यस्तै जेष्ठ ८ गते रविवार देखी १५ गतेसम्म विहान १० बजे देखी १ः३० बजे सम्म प्रसाद (भोजन) सम्पूर्ण श्रद्धालुहरुलाई भक्तजनका लागि १२ः३० बजे सम्म हुने जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…