सिरहाको लक्ष्मीपुर पतारीमा मतपेटिकामा खसेको भन्दा बढी मत, अवस्था तनावग्रस्त
सो सन्दर्भमा देवी प्रसाद सुवेदीसँग सम्पर्क भने हुन सकेनन् ।

२०७९ जेठ ३ मंगलबार, दिउँसो १:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको एक वडाको मतपेटिकामा खसेको मतभन्दा अधिक मतपत्र भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
मतपेटिकाको मतपत्र गणना हुँदा मुचुल्का उठाएको मतभन्दा अधिक मत देखिएपछि अवस्था तनावग्रस्त भएको हो ।
नेपाली काँग्रेस पार्टीले निर्वाचन अधिकृतलाई मोटो रकम खुवाएर वडा नम्बर १ देखि ४ सम्म बलपूर्वक विजयी गराएको आरोप लगाउँदे मतगणना स्थलमा तोडफोड र पत्थरवाजी भएको छ ।
लक्ष्मीपुर पतारीको वडा नम्बर ४ को मतगाण्ना हुँदा कुल २३९२ मात्र मत खसेकोमा मतगणना हुँदा करिब ३२ सयको हाराहारीमा गएपछि अन्य पार्टीका प्रतिनीधिहरुले विरोध जनाउँदै अधिकृतलाई कारवाहीको माग गरेको छ ।
निर्वाचन अधिकृत देवी प्रसाद सुवेदीले नेपाली काँग्रेससँग मोटो रकम खाएर जसरी पनि जिताउन लागिएको आरोप लगाउँदै मतगणनास्थलमै तोडफोड गरिएको हो ।
सो सन्दर्भमा देवी प्रसाद सुवेदीसँग सम्पर्क भने हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…