कमला नगरपालिका वडा नं. ८ मा पनि जसपा हारे, नेपाली काँग्रेस विजयी
यस्तै एमालेबाट उद्धार मण्डल केवट १८६ मत प्राप्त गरेका छन् ।

२०७९ जेठ ३ मंगलबार, दिउँसो १२:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वि.सं. २०७४ सालको चुनावमा तत्कालिन संघीय समाजवादी फोरम तथा हाल जनता समाजवादी पार्टीबाट वडाध्यक्ष भएका राजेश्वर मरिक भारी मतान्तरले हारेका छन् ।
२०७९ को स्थानीय तह चुनावमा वडा नम्बर ८ को भएको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका तृपित भुडेर ७५८ मत ल्याएर विजयी भएका छन् ।
सोही ठाउँमा निकटम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका विनय कुमार यादवले ६११ मत ल्याएका छन् भने जसपाबाट राजेश्वर मरिक यादव मात्र ३५५ मत प्राप्त गरेका छन् ।
राजेश्वर मरिक कमला नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडाध्यक्ष समेत हुन् । उनी वडामै ४०३ मतान्तरले पराजित भएका छन् ।
यस्तै एमालेबाट उद्धार मण्डल केवट १८६ मत प्राप्त गरेका छन् ।
नगर प्रमुखमा नेपाली काँग्रेस ४०८ मत, माओवादी केन्द्र ५७४ मत र जसपा २८९ मत प्राप्त गरेका छन् । उपमेयरमा काँग्रेसबाट ५१३ मत, माओवादी केन्द्रबाट ५६६ मत र जसपाबाट ३२१ मत प्राप्त भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…