कमला नगरपालिका वडा नं. १ मा माओवादीले जसपालाई ढाल्यो, छत्ताको पत्ता साफ !
जसपाका राजकुमार यादवले मात्र ५६५ मत प्राप्त गरेपछि सर्वदेव यादव भारी मतले विजयी भएको हो ।

२०७९ जेठ १ आइतबार, दिउँसो १२:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको वडा नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपाललाई माओवादीले ढाल्न सफल भएको छ ।
माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका सर्वदेव यादव ९९१ मत प्राप्त गरी विजयी भएका हुन् । उनी जसपाभन्दा ४२६ भारी मतान्तरले विजयी भएको हो ।
वडा नं. १ मा जसपाको सँगठनलाई सुरुदेखि नै पातलो बनाएको माओवादीले अन्ततः विजयी हाँसिल गर्न सफल भएको हो ।
जसपाका राजकुमार यादवले मात्र ५६५ मत प्राप्त गरेपछि सर्वदेव यादव भारी मतले विजयी भएको हो ।
सर्वदेव यादव विजयी भएलगत्तै मतगणना स्थल बाहिरै विजयी उत्सव मनाएको हो । उनका समर्थकहरुले उनलाई काँधमा बोकेर उनलाई अबिर माला लगाउँदै विजयी उत्सवको पनि सुरु गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…