जनकपुरमा काँग्रेसका बागी मनोजको घण्टाको डँका बज्दै, लालकिशोरको छत्ता डाउन
उपमेयरमा कांग्रेसकी किशोरी साहको अग्रता रहेको छ। किशोरीले ३०० मत पाउँदा एमालेको रुना झाले १३५ मत पाएकी छिन्। किशोरी गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार हुन्।

२०७९ बैशाख ३१ शनिबार, दिउँसो १:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाको ताजा मत परिणाम अनुसार नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज साहको अग्रता कायमै छ ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा १ को ७८० मत गन्दा घण्टाघर चिन्ह पाएका स्वतन्त्र उम्मेदवार मनोजले २५९ मत पाएका भने गठबन्धनबाट साझा उम्मेदवार रहेका लालकिशोर साहले ३६ मत मात्र पाएका छन्। उनी जनता समाजवादी पार्टीका तर्फबाट मेयरका उम्मेदवार हुन्।
नेकपा (एमाले) बाट शिवशंकर साह (हीरा) ले १०५ मत पाएका छन्। यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरी ४७ मत पाएका छन्।
स्वतन्त्रबाट आँप चिन्ह पाएका बलराम महतोले ६१ मत पाउँदा लालटिन चिन्हका जानकीराम साहले ३२ मत पाएका छन्।
उपमेयरमा कांग्रेसकी किशोरी साहको अग्रता रहेको छ। किशोरीले ३०० मत पाउँदा एमालेको रुना झाले १३५ मत पाएकी छिन्। किशोरी गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार हुन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…