धनुषाको कमला नगरपालिकामा अझै सुरु भएन मतगणना, मतगणनामा स्थानीय कर्मचारी नराख्न माग
विभिन्न स्थानमा मतगणना हुँदा जालझेल गरी नजिकको उम्मेदवारलाई निर्वाचित गराउने घटनाहरु भएको भन्दै केही प्रतिनीधिहरुले सो भित्रका कर्मचारीहरुलाई रिप्लेसको माग गरिरहेका छन् ।

२०७९ बैशाख ३१ शनिबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित रहेको कमला नगरपालिकामा शुक्रबार रातीदेखि नै हुने भनिएको मतगणना अझै सुरु हुन सकेको छैनन् ।
कमला नगरपालिकाको विभिन्न राजनीतिक दलका उम्मदेवारहरुले स्थानीय कर्मचारीलाई मतगणनामा राख्न नदिने अडानपछि सर्वदलिय बैठक समेत सुरु हुन सकेनन् ।
मतगणनामा धाँधली र मतपेटिकामा मतको गडबडी हुन सक्ने आशँका गर्दै केही राजनीतिक दलका प्रतिनीधिहरुले स्थानीय कर्मचारीलाई राखेसम्म मतगणना हुन नदिने अडानमा रहेका छन् ।
विभिन्न स्थानमा मतगणना हुँदा जालझेल गरी नजिकको उम्मेदवारलाई निर्वाचित गराउने घटनाहरु भएको भन्दै केही प्रतिनीधिहरुले सो भित्रका कर्मचारीहरुलाई रिप्लेसको माग गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…