सिरहाः मेयर उमेदवार रामऔतारको लागि शिव दयाल यादव मतदातालाई पैसा बाँडदै (भिडियो)
बिहीबार साँझ करिब ६ बजेको समयमा नेकपा एमालेका मेयर उम्मेदवार राम औतार यादवको निर्देशन अनुसार उनका पिए शिवदयाल यादव र लक्ष्मी यादव गाउँ गाउँमा भोट खरिद गर्न पैसा बाँडिरहेको छ।

२०७९ बैशाख २९ बिहीबार, राति ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्ला स्थित सुखीपुर नगरपालिकाको निवर्तमान मेयर एवम् उम्मेदवार राम औतार यादवले खुल्लेआम मतदाता प्रभावित गर्न पैसा बाँडदै गरेको भिडियो सार्वजनिक भएको छ ।
एमाले पार्टीबाट मेयरका उम्मेदवार रहेका यादवको लागि २ जना जेष्ठ नागरिक भोट खरिद गर्न पैसा बाँडिरहेको पाइएको छ।
सिरहाको सुखीपुर नगरपालिका वडा नं १ मोहनपुर गाउँमा नेकपा एमालेका मेयर उम्मेदवार राम औतार यादवले भोट खरिद गर्न जेष्ठ नागरिकलाई प्रयोग गरि रकम बाँडिरहेको अवस्थामा पाइएको छ ।
बिहीबार साँझ करिब ६ बजेको समयमा नेकपा एमालेका मेयर उम्मेदवार राम औतार यादवको निर्देशन अनुसार उनका पिए शिवदयाल यादव र लक्ष्मी यादव गाउँ गाउँमा भोट खरिद गर्न पैसा बाँडिरहेको छ।
मौन अवधि जारी रहेको उलङ्घन गर्दै पैसा वितरण गरेको छ। स्थानीय निर्वाचन कार्यालय, प्रहरी, प्रशासनले समेत रोकथाम गर्न सकेको छैन ।
रामऔतारको लागि शिव दयाल यादव मतदातालाई बाँडदै (भिडियो)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…