भोँटको लागि पैसा बाँडदै गर्दा माओवादीका कार्यकर्ता रँगेहात पक्राउ (Video)
उनको साथबाट मतपत्र र करिव ५४ हजार नगद रूपैँया बरामद गरिएको छ ।

२०७९ बैशाख २८ बुधबार, दिउँसो ४:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित भोँट खरिद गर्न सर्वसाधारणलाई पैसा बाँडदै गर्दा रँगेहात पक्राउ परेका छन् ।
बुधबार विहान सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर गुरुधाम गाउँमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता प्रेम कुमार लामा पक्राउ परेका छन् ।
सिरहाको गोलबजार नगरपालिका वडा नं २ गुरुधाम गाउँमा नेकपा माओवादीका कार्यकर्ता प्रेम कुमार लामाले भोट खरिद गर्न रकम बाँडिरहेको अवस्थामा स्थानीयहरुले रंगेहात रकम सहित पक्राउगरी प्रहरीलाई बुझाएका छन् ।
गोलबजार नगरपालिका २ गुरूधामका माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा मतदाताको घरमै पुगेर नमुना मतपत्रमा आफ्नो पार्टीको चुनाव चिन्ह देखाउँदै प्रति मत २ हजार देखि ५ हजार रुपैँया बाँड्ने क्रममा पक्राउ परेका हुन् ।
उनको साथबाट मतपत्र र करिव ५४ हजार नगद रूपैँया बरामद गरिएको छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका छन् ।
स्थानीयले लामालाई मतपत्र र रकमसहित नियन्त्रणमा लिर्इ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले बताएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…