सिरहाको आर्नमा गाउँपालिकामा जसपाका अशोक यादव पनि बलिया उम्मेदवार
आर्नामा गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा केही मतान्तरले मात्र पछि परेका यादवले यसपालि मजबुत रहेको देखिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पूर्ण तयारीका साथ स्टेण्डवाय बसेका बताए ।

२०७९ बैशाख २७ मंगलबार, राति ११:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको आर्नमा गाउँपालिकाको लागि जसपा पार्टीबाट बलिया उम्मेदवारको रुपमा अशोक यादव पनि रहेको देखिएको छ ।
आर्नमा गाउँपालिकाको वडाहरुमा रहेको जसपाको सँगठन मजबुत समेत रहेको बलियो मानिएको नगर प्रमुखको लागि बलिया उम्मेदवारको रुपमा उभिएका छन् ।
यादव यस अघि पनि समाजमा अतिविपन्न परिवारका लागि काम गर्दै जाने आर्थिक सहयोग वा समाजसेवीको रुपमा चिन्दै आएका हुन ।
गाउँपालिकामा नेकपा माओवादी केन्द्र पार्टीबाट जितेका ठक्कु महतोले भ्रष्टाचारको आखाडा बनाएकोले हामी यसपाली सचेत भएर बस्ने स्थानीयहरुको तर्क छ ।
आर्नामा गाउपालिकाको सबै वडामा सँगठन सँरचना समेत बलियो भएको जसपाको तर्फबाट उम्मेदवारीले आर्नमा गाउँपालिकामा नयाँ अनुहार खोजीमा पर्न सक्ने सम्भावना प्रबल देखिएको छ ।
आर्नामा गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा केही मतान्तरले मात्र पछि परेका यादवले यसपालि मजबुत रहेको देखिएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पूर्ण तयारीका साथ स्टेण्डवाय बसेका बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…