कमला नगरपालिकाः वडाध्यक्षका उम्मेदवार 'शिवा पासवान' आफैँ दारु बाँडदै, रँगेहात पक्राउ (भिडियो)
सोमबार साँझ करिब ८ बजेको समयमा वडावासीलाई दारु बाँडन लैजाँदा गर्दा युवाहरुले रँगेहात पक्राउ गरेका छन् ।

२०७९ बैशाख २७ मंगलबार, बिहान ६:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका एक वडाध्यक्षका उम्मेदवार आफैँ गाडीमा दारु लिएर बाँडदै गर्दा रँगेहात पक्राउ परेका छन् ।
कमला नगरपालिकाको वडा नम्बर ५ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका नेकपा (समाजवादी) कलम छापका उम्मेदवार शिवा पासवानले आफैँ गाडीमा दारु लोड गरी लैजाँदै गर्दा रँगेहात पक्राउ परेका छन् ।
सोमबार साँझ करिब ८ बजेको समयमा वडावासीलाई दारु बाँडन लैजाँदा गर्दा युवाहरुले रँगेहात पक्राउ गरेका छन् ।
उनी आफैँ गाडीमा बसेर पछाडी पिकअपमा ब्रिक्स नामक दारु लोड गरी बैनर सहित बाँडन लैजाँदा गर्दा बाटोमै पक्राउ परेका हुन् । उनले सो क्रममा दारु आफ्नो नरहेको प्रतिक्रिया दिएका छन् ।
एक पसलेबालाको लागि दारु मात्र लोड गरिएको बताएपनि गाडीमा उनले नै आफू दारु लोड गरी वितरणको लागि लैजान गरेको देखिएको छ । अगाडी उनी आफैँ बसेका छन् ।
यता, कमला नगरपालिकाको वडा नम्बर ४ सघारास्थित आईतबार राती जनता समाजवादी पार्टी (जसपा) नेपालको जिल्ला अध्यक्ष एवम् कमला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका पशुपति यादव, उपमेयर पुनिता मण्डलको बैनर झुण्याइएको गाडीमा दारु वितरण भइरहेको भिडियो सार्वजनिक भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…