धनौजी गाउँपालिकामा स्कूल छुटाएर एमालेको रयालीमा स्कूले बालबालिका
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकास्थित वस्तीमा व्यक्तिहरु नपाएपछि एमालेले बालबालिकाहरुलाई प्रयोग गर्न थालेका छन् । धनौजी गाउँपालिका वडा नम्बर ३ स्थित एमालेको घरदैलो कार्यक्रममा ५ देखि १० बर्षका स्कूले बालबालिकारुलाई प्रयोग गर्ने गरेको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहि
२०७९ बैशाख २५ आइतबार, राति ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकास्थित वस्तीमा व्यक्तिहरु नपाएपछि एमालेले बालबालिकाहरुलाई प्रयोग गर्न थालेका छन् ।
धनौजी गाउँपालिका वडा नम्बर ३ स्थित एमालेको घरदैलो कार्यक्रममा ५ देखि १० बर्षका स्कूले बालबालिकारुलाई प्रयोग गर्ने गरेको छ ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको धज्जिया उडाउँदै एमालले बालवालिकाहरुलाई स्कूल छुटाएर रयालीमा लैजान गरेका छन् ।
गरिब, निमुखा, अल्पसँख्यक, सीमान्तृकत समुदायका बालबालिकाहरुलाई केही रकमको प्रलोभन दिँदै स्कूल जान नदिई उनीहरुलाई रयालीमा लग्ने गरेको देखिएको छ ।
धनौजी गाउँपालिकाको अध्यक्ष पदमा एमालेबाट रामबाबु साह उम्मेदवारी दिएका छन् । उनले बालबालिकाहरुलाई प्रयोग गर्न थालेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…