सुनसरीको इनरुवा नगरपालिकाको वडा नं.३ वडाध्यक्षमा एमालेबाट श्रेष्ठको उम्मेदवारी, घरदैलो सुरु
उनले आफू विजयी भएमा बेइमान नगरी निष्ठापूर्वक वडावासीको सुख दुःखमा साथ दिने प्रतिबद्धता जाहेर गरेका छन्।

२०७९ बैशाख २३ शुक्रबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । इनरुवा नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको तर्फबाट रमेश कुमार श्रेष्ठले वडाअध्यक्षको उम्मेदवारी दिएका छन् ।
रमेश कुमार श्रेष्ठले १५ वर्षदेखि नेकपा एमालेमा सक्रिय छन् । साथै उनी उद्योग वाणिज्य संघका कोषाध्यक्ष भएर पनि काम गरिसकेका छन्। साथसाथै नेकपा एमालेका पूर्व जिल्ला सदस्य भएर पनि काम गरिसकेका छन्।
वडाको समुदायिक विद्यालयको अवस्था सुधारको सँकल्प सहित उनले वडाको लागि वडाध्यक्षमा उम्मेदवारी दिएक हुन् । “वडा नं. ३ मा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयहरुलाई स्तरोन्नति गरेर निजि विद्यालयको स्तरमा विकास गर्न जरुरी छ । जसले गर्दा सामुदायिक विद्यालयमै विपन्न वर्गका बालबालिकाले गुणस्तर शिक्षा पाउन सक्छन् । यो विषयमा मेरो पहिलो प्राथमिकतामा छ ।”– उनले भने ।
यस्तै, स्वास्थ्यको क्षेत्रमा पनि धेरै समस्या रहेको बताउँदै उनले प्राथमिक स्वास्थ्य केन्द्रबाट मानिसको आधारभूत परिक्षण वडाबाटै भएमा सहज हुने प्रतिवद्धता जाहेरसहित उम्मेदवारी दिएका हुन ।
महिला, बालबालिका, अपांग सबै क्षेत्रमा काम गर्नु पर्ने छ। महिलालाई शसक्तिकरणको अभियानमा अघि बढाएर रोजगारमूलक तालिम दिएर आयआर्जन बढाउनुपर्ने उनले बताए ।
त्यस्तै युवाहरुलाई पनि खेलकुदमा लगनशीलता गर्दै हरेक वर्ष खेलकुदलाई प्राथमिकतामा राख्दै हरेक वर्ष क्रिकेट, भलिबल, फुटबल आदि खेलहरूको पदाधिकारीसँग बसेर खेलकुदलाई प्राथमिकता दिने उनको भनाई छ।
उनले आफू कहिल्यै पनि भ्रष्टाचार नगरी इनरुवा वडा नं. ३ लाई यस पटकको स्थानिय निर्वाचनमा वडाअध्यक्ष पदमा आमूल्य मतदान गरेर विजयी बनाइदिन वडावासीसंग अनुरोध गरेका छन् ।
उनले आफू विजयी भएमा बेइमान नगरी निष्ठापूर्वक वडावासीको सुख दुःखमा साथ दिने प्रतिबद्धता जाहेर गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…