झण्डै कुटिए एमालेका नेता 'रघुवीर महासेठ'
विवाद स्थलमा हरिनारायण समेत पुगेका थिए । महतोलाई टिकट दिएर खोसेपछि उनका समर्थकहरु असन्तुष्ट बनेको हो ।

२०७९ बैशाख १८ आइतबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । केपी ओली नेतृत्वको एमालेका नेता रघुवीर महासेठ धनुषामा झण्डै कुटिएका छन् ।
धनुषाको मिथिला नगरपालिकामा विवाद मिलाउन गएका रघुवीर महासेठ झण्डै कुटिएको बताइएको छ । उनलाई निवर्तमान मेयर हरिनारायण महतो पक्षका कार्यकर्ताहरुले हुल हुज्जत गरेको बताइएको छ ।
आइतबार लालगढ स्थित पुकार होटेलमा बसेको चुनाव परिचालन मुल कमिटीको बैठक भइरहेको बेला नै महासेठ पुगेपछि उनीमाथि कार्यकर्ताहरु खनिएको थियो ।
नेता महासेठ पुगेपछि निवर्तमान मेयर हरिनारायण महतो पक्षका असन्तुष्ट कार्यकर्ता चर्को विरोध गर्दै कालोमोसो दल्नेसम्मको हुलहुज्जत गरेपछि विवाद भएको बैठकमा सहभागी एक नेताले बताए ।
विवादमा हात हालाहालको अवस्था सृजना भएपछि बैठक स्थगित गरिएको जनाइएको छ ।
बाहिरबाट हरिनारायण पक्षको समर्थकहरु पुगेपछि सो स्थलमा तनाव सृजना भएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी सो स्थलमा पुगेको थियो ।
‘टिकटमा चलखेल गर्ने रघुवीर महासेठ किन कमिटीको बैठकमा आए, कालोमोसो गर्नु पर्छ लगायतका गालीफजिती गर्न थालेपछि विवाद भयो । हात हालाहालको अवस्था सृजना भएपछि बैठक स्थगित भयो’ ती नेताले भने ।
एमाले नगर कमिटी, प्रदेश क्षेत्रले मेयर पदको उम्मेदवारका लागि हरिनारायणको एकल सिफारिस गरेको थियो । तर हिरनारायनलाई पाखा लगाएर मनोनयन दर्ताको अन्तिम दिन टिक राजाराम महतोलाई एमालेले दिएको थियो ।
हरिनारायणले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । पछि केपी शर्मा ओलीले व्यवस्थापन गर्ने आश्वासन दिएपछि उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका थिए ।
हरिनारायणको भएको सिफारिस निर्णयलाई राजारामको नाम राखेर पुरानै मितिमा निर्णय गर्न खोजेपछि विवाद भएको नगर कमिटी सदस्य कामेश्वर महतोले बताए ।
चुनावको तयारीका लागि रामकुमार महतोको संयोजकत्वमा एमालेले मिथिला नगरपालिकामा ५०१ सदस्य चुनाव परिचालन मुल समिति गठन गरिसकेको छ ।
विवाद स्थलमा हरिनारायण समेत पुगेका थिए । महतोलाई टिकट दिएर खोसेपछि उनका समर्थकहरु असन्तुष्ट बनेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…