जनमत पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएपछि उम्मेदवार र श्रीमानलाई काँग्रेसीयाले कुटे
उम्मेदवार भएकै कारण काँग्रेस कार्यकर्ताले निहु खोजेर कुटपिट गरेको स्थानीय जयकुमारले बताए ।

२०७९ बैशाख १७ शनिबार, राति ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा जनमत पार्टीबाट उपमेयरका उम्मेदवार महिला र तिनका पतिमाथि कुटपिट भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिकामा उपमेयर पदकी उम्मेदवादर विनिता पाठक र उनका पति जितेन्द्र पाठकमाथि कुटपिट भएको हो ।
आफू र आफ्नी श्रीमती विनितालाई काँग्रेस कार्यकर्ताले हातपात गरेको जितेन्द्र पाठकले आरोप लगाएका छन् ।
स्थानीय काँग्रेस कार्यकर्ता विजय यादवले कुटपिट गरेको जितेन्द्रको आरोप छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीबाट उपमेयरकी उम्मेदवार पाठकको घर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं। १० प्रस्टोकीमा पर्छ ।घटना शुक्रबार दिउँसोको हो ।
‘मेरो श्रीमान प्रचारप्रसाको लागि जाँदै हुनुहुन्थ्यो । घरबाट निस्केपछि केहि पर मेरो श्रीमानमाथि कुटपिट भइरहेको जानकारी पाएँ । म जाँदा उहाँको जगल्टा विजयले समातेर कुटपिट गरिरहेका थिए । छुट्टाउन गएपछि मलाई पनि उनले कुटपिट गरे ।’ उम्मेदवार नविताले सुनाइन् ।
उनले आफू जनमत पार्टीको उम्मेदवार भएकै कारण काँग्रेस कार्यकर्ताले निहु खोजेर कुटपिट गरेको भन्दै कारबाहीको माग गरिन् ।
उम्मेदवार भएकै कारण काँग्रेस कार्यकर्ताले निहु खोजेर कुटपिट गरेको स्थानीय जयकुमारले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…