नारीवादको पराकाष्ठाः धनुषामा आफैँले कपडा च्यातेर युवकलाई बलात्कार प्रयासको आरोप
झै झगडा हुँदा दर्जनौ व्यक्तिहरु उपस्थित रहेको घटनास्थलमा श्रवण झगडा छुटाउन मात्र जाँदा महिला र उनकी छोरीले कुटपिट गर्न थालेपछि बचाउमा उनले महिलाकी छोरीलाई झापड लगाएको स्थानीयहरु बताउँछन् ।

२०७९ बैशाख १५ बिहीबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानीस्थित नारीवादको एक नमुना घटना दोहरयाइएको पाइएको छ ।
धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर २ धनौजीस्थित केही महिना अगाडी व्यक्तिगत रिसबीले घर पसेको भन्दै फँसाइएका युवकलाई पुनः फँसाइएको छ ।
स्थानीय श्रवण पासवानलाई धनुषा प्रहरीले गएराती पक्राउ गरेको छ । प्रहरी चौकी भडरियाबाट खटेको टोलीले महिलाको कपडा च्यातेको आरोपमा पक्राउ गरेको छ ।
गएराती करिब ८ः०० बजेको समयमा स्थानीय एक महिलाले श्रवणकी आमालाई डायन (बोक्सी) भन्दै गाली गलौज गरेपछि सुरु भएको विवाद झगडामा परिणत भयो ।
केही महिनाअघि सोही महिलाले उनकी आमालाई डायन बोक्सी भन्दै झगडा गरेपछि श्रवणले हातपात गरेका थिए । सो आरोपमा उनी केही दिन थुनुवामा बस्नुपरेको थियो ।
गएराती भएको झगडाको क्रममा श्रवणकी आमा र सो महिलाबीच हातपात हुँदा छुटाउन गएका श्रवणमाथि आमाछोरी मिलेर कुटपिट गरेको श्रवणकी आमाले दाबी गरिन् ।
श्रवणकी आमाको पनि हालत खराब छ । आमाछोरी मिलेर उनकी आमालाई निर्घात कुटपिट गर्दा श्रवणले महिलाको छोरीमाथि दुई झापड लगाएको स्वीकारे ।
झापड हानेपछि उनीहरुले आफै आफ्नो कपडा च्यात्दै बलात्कारको प्रयास गरेको भनेर आरोप लगाउँदै प्रहरी बोलाएर थुनामा राखिएको छ । नारीवादको फाईदा उठाउँदै महिलाले आफ्नै कपडा च्यातेर श्रवणलाई फँसाएको स्थानीयहरु बताउँछन् ।
झै झगडा हुँदा दर्जनौ व्यक्तिहरु उपस्थित रहेको घटनास्थलमा श्रवण झगडा छुटाउन मात्र जाँदा महिला र उनकी छोरीले कुटपिट गर्न थालेपछि बचाउमा उनले महिलाकी छोरीलाई झापड लगाएको स्थानीयहरु बताउँछन् ।
तर, श्रवणले कपडा च्यातेको, बलात्कार प्रयास गरेको जस्तो केही पनि नभएको बताउँछन् । महिलाले आफैँ कपडा च्यातेर श्रवणलाई पुनः पक्राउ गराएकी हुन् ।
केही महिनाअघि कुटपिटकै घटनामा श्रवण दुई हप्तासम्म जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा बसेका थिए । ती महिला निरन्तर श्रवणकी आमालाई बोक्सी भन्दै गाली गलौज गर्ने गरेको छिमेकीहरु बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…