समाचार प्रभावः एक्सनमा ईन्सपेक्टर घिमिरे, डिजेको मेसिन उठाउँदै
विहेको दिन मात्र बाजा बजाउन दिने गरी अन्य समयमा चर्को साउण्डको डिजे वा हर्न बजाए मेसिन नै उठाउने अभियान सुरु गरेका छन् ।

२०७९ बैशाख १४ बुधबार, राति ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय खजुरीका ईन्सपेक्टर निरञ्जन घिमिरेले प्रतिबन्धित डिजे बाजा उपर एक्सन लिएका छन् ।
सोमबार न्यूज ब्यूरोमा प्रकाशित समाचार उपर एक्सन लिँदै ईन्सपेक्टर घिमिरेले चर्को साउण्ड बजाउने डिजे बाजाको मेसिन उठाउने अभियान सुरु गरेका छन् ।
कमला नगरापालिका, जनकनन्दिनी गाउँपालिका क्षेत्रभित्र चर्को साउण्डमा डिजे बजाउनेहरुको हजारी मेसिन नै उठाएर कारवाही गर्न थालेका छन् ।
डिजेको कारण नै कमला नगरपालिका वडा नम्बर २ को माचि झिटकैयामा ३ जनाको मृत्यू भएको भएको छ । चर्को साउण्ड सहित अश्लिल प्रकारको गीत बजाउने डिजेहरुलाई कारवाही स्वरुप मेसिन उठाउने अभियान सुरु गरेका छन् ।
डिजेको कारण वर्तमान समाजमा नाकारात्मक असर परेको जनगुनासो बढेपछि ईन्सपेक्टर घिमिरेले डिजे बाजाको मेसिन उठाउन सुरु गरेका छन् ।
नेपालभरिमै जम्मा ५ वटा रथको ब्लुबुक रहेको छ भने बाँकी डिजे रथहरु अवैद्य रुपमा सँचालन हुँदै आएको गुनासोपछि घिमिरेले एक्सन लिएका छन् ।
विहेको दिन मात्र बाजा बजाउन दिने गरी अन्य समयमा चर्को साउण्डको डिजे वा हर्न बजाए मेसिन नै उठाउने अभियान सुरु गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…