जनकपुरः मोसा दुर्घटना हुँदा एउटै मोटरसाईकलमा सवार तीन युवकको मृत्यू
उनीहरुसँगै रहेको अन्य दुई जना भने फरार रहेको परिवारजनले जनाएको छ ।

२०७९ बैशाख १३ मंगलबार, दिउँसो २:१८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मोटरसाईकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यू भएको छ ।
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ५ महेन्द्रनगरस्थित मोटरसाईकल दुर्घटना हुँदा धनुषाका तीन जना युवकको मृत्यू भएको हो ।
महेन्द्रनगरस्थित रहेको सिन्धुली टोलस्थित गएराती कबिर २ः३० बजेको समयमा विहेमा जन्ती भएर फर्कदै गर्दा रोकि राखेको ट्रकमा ठक्कर दिएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृत्यू हुनेमा धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ एकराही टोलका अविनाश मण्डल, जनकपुरधामका सुमित अग्रवाल र अन्य एक जनाको सनाखत भने भएको छैनन् ।
जन्तीबाट जनकपुरतर्फ आइरहेको लु. ८३ प ८६५२ नम्बरको मोटरसाईकलमा सवार तीनै जनाले रोकि राखिएको ना २ ख ८६२४ नम्बरको ट्रकमा ठक्कर दिएको प्रारम्भिक जानकारीबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतकहरुको लास पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पोष्टमार्टम कोठामा राखेर परिवाजनलाई खवर गरी सनाखत गर्न बोलाएको बताईएको छ । तीनजनामध्ये दुई जनाको सनाखत भएको छ भने अन्य एक जनाको पहिचान हुन बाँकी छ ।
दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
महेन्द्रनगर तर्फ जन्तीको लागि सोमबार राती पाँच जनाको समूहमा निस्केका उनीहरु तीन जना मृत अवस्थामा भेटिएको हो । उनीहरुसँगै रहेको अन्य दुई जना भने फरार रहेको परिवारजनले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…